बारा क्षेत्र नं. १ बाट प्रतिनिसिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार अच्युत प्रसाद मैनाली निर्वाचित भएका छिन् ।

एमाले पोलिटव्युरो सदस्य समेत रहेका मैनाली ९ हजार १ सय ३९ मतको फराकिलो मतान्तरले निर्वाचित भएका हुन् ।

मैनालीले ३९ हजार १ सय ९५ मत प्राप्त गर्दा उनको निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका सहमहामन्त्री तथा बहालवाला खानेपानी मन्त्री समेत रहेका उमाकान्त चौधरीले ३० हजार ५६ मत प्राप्त गरेका छन् ।

मैनालीले गणनाको सुरुवातदेखि अग्रता लिएका थिए ।

मैनाली र चौधरीबीचको प्रतिस्पर्धा प्रतिस्पर्धात्मक हुने अनुमान गरिएपनि मैनालीले फराकिलो अग्रता बनाएका हुन् । चौधरी नेपाल सरकारका खानेपानी मन्त्री र नेपाल कांग्रेसका सहमहामन्त्री हुन् ।

यता मैनाली भने नेकपा एमालेको पोलिटव्युरो सदस्य एवम् मधेस प्रदेश इन्चार्ज हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा मैनाली जनसम्पर्क सल्लाहकार थिए ।

ठूला पार्टीका यी दुई प्रभावशाली नेता २०७४ सालमा बारा– १ बाट एकअर्काका प्रतिस्पर्धी थिए । उक्त निर्वाचनमा कांग्रेसका चौधरीले २ हजार ४ सय २० मतले विजयी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय