बारा क्षेत्र नं. १ ख को प्रदेशसभा सदस्य पदका उम्मेदवार सरोज कुमार यादबले मतान्तर फराकिलो बनाउदै लगेका छन् ।

जनता समाजवादी पार्टी नेपालका उम्मेदवार यादवले नेपाली काँग्रेसका उम्मेदवार नागेन्द्र प्रसाद कानु भन्दा २ हजार १ सय २९ मतले अग्रता लिएका हुन् ।

यस क्षेत्रमा १८ हजार ५ सय १५ मत गणना हुँदा यादवले ७ हजार ९ सय ९ र कानुले ५ हजार ७ सय ८० मत पाएका छन् भने हाल सम्ममा ४ सय ६२ मत बदर भएको छ । यादवले गणनाको सुरुवातदेखि अग्रता लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय