बारा क्षेत्र नं. १ (ख) मा जसपाका उम्मेदवार सरोज कुमार यादवले अग्रता लिएका छन् ।
उक्त प्रदेशसभा सदस्यको २ हजार ६ सय ८५ मत गणना हुँदा यादवले १ हजार ९२ मत प्राप्त गरेका छन् ।
हाल सम्मको मतगणना सम्पन्न हुँदा यादवले ५८ मतले अग्रता लिएका हुन् ।
सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्र साह कानुले १ हजार ३४ मत पाएका छन् ।