बारा क्षेत्र नं. १ मा नेकपा एमालेका उम्मेदवार अच्युत प्रसाद मैनालीले अग्रता लिएका छन् ।
हाल सम्मको मतगणना सम्पन्न हुँदा मैनालीले १ हजार १ सय २७ मतले अग्रता लिएका हुन् ।
उक्तको प्रतिनिधि सभा सदस्यको १० हजार ४ सय १७ मत गणना हुँदा मैनालीले ४ हजार ९ सय ९१ मत प्राप्त गरेका छन् ।
सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार उमाकान्त चौधरीले ३ हजार ८ सय ६४ मत पाएका छन् ।