बारा क्षेत्र नं. १ मा नेकपा एमालेका उम्मेदवार अच्युत प्रसाद मैनालीले अग्रता लिएका छन् ।

निजगढ नगरपालिकाको वडा नुम्बर १३, ११, १० कोहल्बी नगरपालिकाको सफाइ र आदर्श कोतवाल गाँउपालिकाको जमुनियमा रहेको मतदान केन्द्रको कको मतगणना सम्पन्न हुँदा मैनालीले ६६ मतले अग्रता लिएका हुन् ।

उक्तको प्रतिनिधि सभा सदस्यको २ हजार ७ सय ८६ मत गणना हुँदा मैनालीले १ हजार २ सय ५२ मत प्राप्त गरेका छन् भने सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार उमाकान्त चौधरीले १ हजार १ सय ८५ मत पाएका छन् ।

बारा क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यको २७८६ को मतगणना गर्दा १ सय २ मत बदर भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय