एघारौं राष्ट्रिय कर दिवस आजबाट सुरु भएको छ । ‘स्वेच्छिक सहभागिताको फराकिलो कराधारः दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार’ भन्ने नाराका साथ मनाइँदैछ ।

२०५४ मंसिर १ गते मूल्य अभिवृद्धि कर लागु भएको दिनको सम्झनामा हरेक बर्ष मंसिर एक गते राष्ट्रिय कर दिवस मनाउने गरिन्छ ।

कर शिक्षालाई साना व्यवसायीसम्म पुर्याउन जोड

बाराको सिमरामा सप्ताहव्यापी कर दिवस मनाइने भएको छ । आन्तरिक राजश्व कार्यालय बाराले सप्ताहको पहिलो दिन आज बिभिन्न पालिकाका उद्योग बाणिज्य संघका प्रमुख तथा प्रतिनिधिसंग अन्तरक्रिया गरिएको हो । आन्तरिक राजश्व कार्यालय सिमराका कार्यालय प्रमुख तथा प्रमुख कर अधिकृत राजकुमार खतिवडा अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

आन्तरिक राजश्व कार्यालय सिमरामा आयोजित कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने, निजगढ नगर उद्योग बाणिज्य संघका अध्यक्षका दिपेन्द्र क्षेष्ठ, चन्द्रपुर नगर उद्योग बाणिज्य संघका अध्यक्ष उदय नारायण सापकोटा, गरुडा नगर उद्योग बाणिज्य संघका अध्यक्ष हरेन्द्र प्रसाद चौधरी लगाएतको उपस्थीति रहेको थियो । शुभकामना व्यक्त गर्दै उनीहरुले राज्यले करदातालाई मुस्कान सहितको सेवा दिदै व्यवसायीलाई नै कर तिर्न आफै आउने वातावरण सिर्जना गर्नुपर्ने बताए । उनले कर शिक्षालाई साना व्यवसायीसम्म पुर्याउन आग्रह गरे ।

यता आन्तरिक राजश्व कार्यालय सिमराका कार्यालय प्रमुख तथा प्रमुख कर अधिकृत खतिवडाले आफ्नो कार्यालयले करदाता शिक्षालाई प्राथामिकतामा राख्दै यस क्षेत्रका सबै उद्योगी व्यवसायीलाई करको दायरामा ल्याउनको लागि पहल गर्ने जानकारी दिए ।

उनले व्यवसायी तथा नागरिकले तिरेको करबाट नै राष्ट्रको निर्माण हुने भएकाले करदातालाई करको दायरामा ल्याउन तथा सजिलै राजश्व तिर्न आउने करमैत्री वातावरण कार्यालयले पहिलादेखि नै बनाएको भए पनि अझ झन् महत्वका साथ लाग्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

उत्कृष्ट काम गर्ने कर्मचारी सम्मानित

एघारौं राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजश्व कार्यालय सिमराले उत्कृष्ट काम गर्ने दुई कर्मचारीलाई सम्मान गरको छ । आन्तरिक राजश्व कार्यालय सिमरामा कार्यरत जनादंन न्यौपाने र नैमुदिन अंसारीलाई प्रमुख कर अधिकृत खतिवडाले नगद र प्रसंशापत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय