जसपा र नेकपा एमाले बाराका उम्मेदवारले चुनावी प्रचारलाई तिब्र बनाएका छन् । सबै गाउँ बस्तीमा पुग्ने र मतदातासँग साक्षात्कार गर्ने रणनीति सहीत जनताको घरदैलोमा पुग्ने गरेका छन् । पाँच वटै स्थानीय तहमा बसोबास गर्ने प्रत्येक परिवारका सदस्यसँग भेटघाट गर्ने रणनीतिका साथ उम्मेदवार गाउँ केन्द्रीत बनेका छन्।
तामझामको कुनै कार्यक्रम नै नराखी उम्मेदवार नेताहरु जनताको घरदैलोमा भेटिने गरेका छन्। नेकपा एमालेका तर्फबाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार अचुत प्रसाद मैनाली र जसपाका तर्फबाट प्रदेश निर्वाचन क्षेत्र (ख) का उम्मेदवार सरोज यादव अहिले गाउँ बस्तीमा व्यस्त छन्। कार्तिक २० गतेभित्र प्रदेश निर्वाचन क्षेत्र (ख) र त्यसपछि कार्तिक २५ गतेभित्र प्रदेश निर्वाचन क्षेत्र (क) का एमालेका उम्मेदवार त्रिलेकी प्रसाद चौधरीसंग यस क्षेत्रका सबै स्थानीय तहका गाउँ बस्तीको घरदैलो पुरा गरेर फर्किने तालिका बनाएका छन्।
मैनाली सहीतको चुनावी प्रचारमा प्रदेश सभा (ख) कै उम्मेदवार यादवको टोली पनि छ। दुबै जनाले सिम्रौनगढ नगरपालिकामा घरदैलोमा पुगिसकेका छन्।
गाउँका समस्या बारे जानकारी लिने, एमाले सरकारले गरेका काम, स्थानीय तह मार्फत दिने सुविधाको अवस्था र आगामी दिनमा पार्टीले गर्ने काम र योजना बारे जनतालाई जानकारी दिने गरिएको टोलीमा सहभागि नेकपा एमालेका युवा नेता कुमार पोखरेलले बताएका छन्।
नेताहरुले गाउँमा पुग्दा भव्य स्वागत सत्कार पाएका छन्। एमाले सत्तामा हुँदा राहत महशुस भएको र यस क्षेत्रमा एमालेको जित आवश्यक रहेको प्रतिक्रिया दिने गरेको सहभागि नेताहरुले बताउने गरेका छन्।
जनताले यस क्षेत्रबाट काँग्रेसका उमाकान्त चौधरीलाई पटकपटक जिताएर पठाउदा समेत उनले यस क्षेत्रको बिकासमा कुनै ध्यान नदिएको भन्दै स्थानिएहरुले यो पटक एमाले र जसपाको तालमेललाई बिजयी बनाउने एक मात्र लक्ष्यरहेको जनताको प्रतिकृया रहेको थियो ।
जसपाका नेता तथा क्षेत्र नम्बर ख का उम्मेदवार सरोज यादवले यो पटक क्षेत्र नम्मर ख बाट मात्रै एमाले र जसपाका उम्मेदवारले कम्तीमा १० हजार बढी मतले उगाडी रहने बताए ।
यस्तै प्रतिनिधी सभा सदस्यका उम्मेदवार अचुत प्रसाद मैनालीले नीति, नेतृत्व र सत्तामा हुँदा गरेका कामकै आधारमा धेरैले एमालेलाई समर्थन गर्न र यो पटक एमालेलाई थप विश्वास सहीत समर्थनमा लागि अनुरोध गर्ने गरेका छन्।
उनले स्थानीय तहमा पनि काम गर्ने पार्टी एमाले हो, भन्ने जनतालाई विश्वास दिइसकेको र संघ र प्रदेशमा पनि एमाले र जसपाकै नेतृत्व चाहिने कुरामा जनस्तरमा कुनै आशंका नरहेको प्रतिनिधी सभाका उम्मेदवार मैनालीले बताउए । उनले भने हामीले जनताका गुनासा सुन्न मात्रै होइन्, हाम्रा प्रतिवद्धता सुनाउन पनि प्रत्येक टोल बस्ती र घरमा पुग्ने गरि घरदैलो सञ्चालन गरिरहेको बताएका छन्।
क्षेत्र नम्बर १ मा एमाले जसपा तालमेलले संघ र प्रदेश दुबैमा जित्ने दाबी सहीत घरदैलोमा हुमिएको छ । नेकपा एमालेले केही असन्तुष्ट भएका र रिकाएका नेता कार्यकताई पनि घरदैलोको क्रममा फकाउने र मतदानका लागि प्रतिवद्ध बनाउने अभियानमा देखिएको छ।
सकेसम्म आफ्ना सुरक्षित गर्ने र अर्को दलका थप्ने योजना सहीत घरदैला अभियान चलिरहेकोले ठुला कार्यक्रम नहुने नेकपा एमाले प्रचार समितिले बताएको छ। एमालेले सकेजति अर्को पार्टीका नेता कार्यकर्ता प्रवेश गराउने वा आन्तरिक समर्थन बढाउने रणनीतिमा देखिएको छ।