प्रतिनिधि सभा बारा क्षेत्र नं. १ का उम्मेदवार डा. राकेश न्यौपानेले मतदाता भेटाघाट कार्यक्रमलाई निरन्तारता दिएका छन् । प्रतिनिधि सभा सदस्यका उम्मेदवार न्यौपानेले क्षेत्र नं. १ को उत्तरमा रहेको निजगढ नगरपालिकाबाट चुनावी प्रचारप्रसार सुरु गरेका हुन् ।

भेटघाटको क्रममा मतदातामा आफु प्रतिदेखिको उत्साह र समर्थनले आत्मबल बढएको उम्मेदवार न्यौपानेले वताए । यो पटक यस निर्वाचनमा यस क्षेत्रको मतदाता आफुलाई जिताएर इतिहास रच्न आतुर रहेको उनको भनाई छ ।

हाम्रो नेपाली पार्टीको लौरो चुनाव चिन्ह रहेको उम्मेदवार न्यौपानेको मुख्य प्रतिस्पर्धीका रुपमा नेकपा एमालेका पोलिटब्युरो सदस्य अच्युत मैनाली र नेपाली काँग्रेसका सहमहामन्त्री एंव खानेपानी मन्त्री उमाकान्त चौधरी हुन् । मन्त्री चौधरीले यस क्षेत्रबाट पटक पटक निर्वाचित हुदाँ समेत यस क्षेत्रका जनतालाई धोका दिएको र बिकासको लागि केही नगरेका कारण यस पटकको निर्वाचनमा मतदाता आफुलाई मतदान गर्नेमा उम्मेदवार न्यौपाने विश्वस्त छन् ।

न्यौपानेले परिर्वतन र रास्ट्र निर्माणको अभियानमा सहयोग गर्न लौरो छापमा मतदान गर्न आग्रह समेत गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय