मनहर्वा । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वा बाराको २० औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

शनिबार अमर माध्यमिक विद्यालय परिषर कलैया उपमहानगरपालिका”२, दोहरीमा भएको सभाको साना किसान कृषि सहकारी संघ लिमिटेड बाराका अध्यक्ष मिश्रीलाल सहनीले उद्घाटन गर्नु भएको हो ।

बार्षिक साधारणसभालाई सम्बोधन गर्नुहुँदै संघका अध्यक्ष सहनीले सामाजिक, आर्थीक र नैतीक अभियानको अगुवाई गर्ने सहकारीले गरिबी निवारणमा महत्वपूर्ण भुमिका खेल्दै आएको बताउनु भयो । उहाँले सहकारी अभियानले उत्पादन वृद्धिका लागि थप मेहनत गरी सदस्यहरुको आर्थीक जीवनमा परिवर्तन ल्याउने काम गर्नु पर्ने बताउनु भयो ।

यस्तै साना किसान कृषि सहकारी संघ मधेश प्रदेशका सचिव पुनदेव रौनियारले सहकारी संस्थाहरुमा हुने कर्जा जोखिममा पर्न दिन नहुने बताउनु भयो । उहाँले कर्जा लिएर सदुपयोग गर्नेलाई सम्मान र भएरपनि नर्तिने सदस्यहरुलाई बारोबारमा बन्देज लगाउनु पर्ने धारण ब्यक्त गर्नु भयो ।

४३ जना पुरुष सहित २ हजार ९४६ सदस्य रहेको संस्थाले कृषि प्राविधिक सहितको कृषि पसल, खेती, दुग्ध संकलन केन्द्र, रेमिट्यान्स, सहितका ६ वटा सेवाकेन्द्र संचालन मार्फत सेवा दिँदै आएको संस्थाले जनाएको छ ।

४९ करोर ४६ लाख ७१ हजार कुल सम्पती रहेको संस्थाले गत आर्थिक बर्षमा १ करोड ८४ लाख ७० हजार ७९४ खुद मुनाफा गरेको छ । सोही मुनाफबाट संस्थाले आफ्ना शेयरधनीहरुमा १६ प्रतिशतका दरले लाभाशं वितरण गर्ने साधारणसभाबाट निर्णय पारित गरेको छ ।

२० औं बार्षिक सभाका अवसरमा संस्थाले बाराका संचारकर्मी ईन्दीप कोईराला सहित उत्कृष्ठ बचतकर्ता, दुध उत्पादक किसान, तरकारी खेती गर्ने किसान, जेष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्तिहरु सहित १५ जनालाई सम्मान गरेको छ । उहाँहरुलाई नगद सहित सम्मानपत्र समेत दिई संस्थाकी अध्यक्ष नयनकला खड्काले दोसल्ला आडाएर सम्मान गर्नु भएको हो ।

सभाले अध्यक्ष खड्काको संस्थागत प्रतिवेदन, लेखा समिति संयोजक सुनिता सापकोटाको आन्तरिक लेखापरिक्षण प्रतिवेदन र मुख्य प्रबन्धक पुष्पराज खतिवडाले पेश गर्नु भएको चालु एवं आगमी बर्षको बजेट तथा कार्यक्रम सुझाव सहित पारित गरेको छ ।

कार्यक्रम अध्यक्ष नयनकला खड्काको अध्यक्षता, उपाध्यक्ष फुलकुमारी बस्नेतको स्वागत एवं मुख्य प्रबन्धक खतिवडाको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय