सिमरा । पूर्वमन्त्री एवम् बारा क्षेत्र नं. ४ का प्रतिनिधीसभा सदस्य उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) पुनः विवादमा तानिएका छन् ।

प्राइम टेलिभिजनले शुक्रवार जीतपुरमा आयोजना गरेको `मंसिर ४ महासंग्राम´ कार्यक्रममा जवाफ दिने क्रममा सहभागीलाई भाडाको टट्टू भनेपछी नेकपा एकीकृत समाजवादीका नेता श्रेष्ठ विवादमा तानिएका हुन् ।

सहभागीले सोधेको प्रश्नको जवाफ दिने क्रममा होहल्ला भएपछी श्रेष्ठले आक्रोशित हुँदै `चर्को स्वर गर्दैमा किसान श्रेष्ठ डराउछ भन्ने सोच्नु भयो? प्रश्न सोधेपछी उत्तर दिन दिनुस न । सा…भाडाको टट्टूहरु´ भनेका थिए ।

जवाफ दिने क्रममा आक्रोशित देखिएका उम्मेदवार श्रेष्ठले आफुलाई सम्हाल्न नसक्दा विवादित अभिव्यक्ति दिएका हुन् । श्रेष्ठले उक्त अभिव्यक्ति दिएलगत्तै सहभागीले उनको बिरोध गरेका थिए ।

`तनँहुबाट बारा आएर निर्वाचन लडदै गरेका उम्मेदवारले जनताको जिज्ञासाको जवाफ दिने कि यहाँका नागरिकलाई गाली दिदै भाडाको टट्टूहरु भन्ने ? ´ कार्यक्रममा सहभागी सोनु कलवारले भने `यो त यस क्षेत्रका नागरिकमाथिको अपमान हो, उम्मेदवारले यसरी भन्न पाइदैन ।´

उक्त कार्यक्रममा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रेष्ठसहित नेकपा एमालेका उम्मेदवार एकबाल मिया, स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्लेलगायत सहभागि थिए ।

उम्मेदवारसंगको प्रश्नोत्तर कार्यक्रममा बारा क्षेत्र नं. ४ का नागरिक सहभागीता जनाएका थिए । कार्यक्रमका सहभागीले उम्मेदवारलाई क्षेत्रको बिकासका लागि आगामी योजनाको विषयमा प्रश्न राख्ने क्रममा श्रेष्ठले उक्त शब्द प्रयोग गरेका हुन् ।

श्रेष्ठ यसअघि असोज ३० गते निर्वाचन आचारसंहिता विपरीत परवानीपुरमा आफ्नो चुनावी ब्यानर मुनि फ्री भिसा फ्री टिकट भन्दै अन्तर्वार्ता राखेपछि विवादमा परेका थिए । म्यानपावरको प्रयोग गर्दै मतदाता प्रभावित पार्ने काम गरेको भन्दै निर्वाचन आयोगले श्रेष्ठलाई स्पष्टीकरण लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय