काठमाडौं: बैंकिङ क्षेत्र पछि अब बिमा क्षेत्रमा पनि मर्जर सुरु हुने भएको छ । सगरमाथा इन्स्यारेन्स कम्पनी र हिमालयन जनरल इन्स्यारेन्स कम्पनी एक आपसमा गाभिने भएका छन् ।

यी दुई संस्थाहरु मर्ज भएर बन्ने कम्पनी देशकै ठूलो बिमा कम्पनी हुनेछ । हाल सगरमाथाकोे चुक्तापुँजी १ अर्ब १२ लाख २३ हजार रुपैयाँ छ भने हिमालयन जनरलको चुक्ता पुँजी १ अर्ब ६ करोड ८२ लाख ८८ हजार रुपैयाँ रहेको छ ।

सगरमाथा रिटेल ग्राहकहरु धेरै भएको कम्प्नी हो भने कर्पोरेट ग्राहक धेरै भएको कम्पनी हिमालयन हो । दुई कम्पनी एक भएपछि निकै बलियो कम्पनी हुनेछन् । बिमा क्षेत्रको इतिहासमा यी दुई कम्पनीहरु पहिलो पटक गाभिन लागेका हुन् ।

नाम लगायका केही विषयमा सहमति जुट्न बाँकी रहेको श्रोतले बताएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय