बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेका निजगढ नगरपालिका वडा नं. २ का वडा अध्यक्ष राजु भनिने राजन श्रेष्ठ फरार भएका छन् । वडा अध्यक्ष श्रेष्ठले आफ्नै घरमा कोही नभएको बेला स्थानीय १५ वर्षीया नाबालिकालाई दशैंको टिकाका दिन असोज १९ गते बुधबार जबरदस्ती करणी गरेको आरोप लागेका वडा अध्यक्ष श्रेष्ठ मंगलबारदेखि फरार भएका हुन् ।
बालिकाले मंगलबार ईलाका प्रहरी कार्यालय निजगढमा जबरदस्ती करणी गरेको भन्दै उजुरी दर्ता गराएकी थिईन । उजुरी दिएको थाहा भएसंगै वडा अध्यक्ष श्रेष्ठ फरार भएको स्थानीयले बताएका छन् ।
उजुरी दर्ता भएपछि ईलाका प्रहरी कार्यालय निजगढले मुचुल्का समेत उठाएको छ । प्रहरीले पीडित युवतीको स्वास्थ्य परीक्षण र बयान समेत लिएर जबरदस्ती करणीको मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक संजिव ओलीले जानकारी दिए ।
जबरजस्ति करणी गरेको भन्दै १५ वर्षिया एक किशोरीले ईलाका प्रहरी कार्यालयमा निजगढमा गत मंगलबार जाहेरी दर्ता गरेपछि वडा अध्यक्ष श्रेष्ठविरुद्ध जिल्ला अदालत बाराले बुधवार पक्राउ पुर्जी जारी गरेको थियो । पुर्जी जारी भएलगत्तै पक्राउ गर्न भनेर प्रहरी निरीक्षक ओली नेतृत्वको प्रहरी टोली वडा अध्यक्ष श्रेष्ठको घरमा पटकपटक पुगेको थियो । अध्यक्ष श्रेष्ठ घरमा फेला नपरेको प्रहरीले बताएको छ ।
अध्यक्ष श्रेष्ठविरुद्ध जिल्ला अदालत बाराले पक्राउ पुर्जी जारी गरेपछि उनी एक सातादेखि फरार बनेका हुन । अदालतबाट पक्राउ पूर्जी पाएपछि खोजी भइरहेको भए पनि फरार रहेकाले हालसम्म फेला पार्न भने प्रहरी असफल भएको हो ।
वडा अध्यक्षको मोबाइल फोनमा बिहान ८ः३६ मा सम्पर्क गर्दा वडा अध्यक्ष श्रेष्ठकी श्रीमती सिता श्रेष्ठले फोन उठाएकी थिईन । उनीले वडा अध्यक्ष आईतबार राति घरमा आएको र सोमबार बिहानै घरबाट बाहिर गएको पहिलो दृष्टिलाई जानकारी दिईन ।
यता प्रहरीले भने वडा अध्यक्ष श्रेष्ठलाई पक्राउ गर्न विशेष टोली परिचालन गरेको बताएको छ ।