बाराको सिमरामा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न भएको छ । सुन्धारा सेक्युरिटीज लिमिटेडद्वारा आयोजित कार्यक्रम सिमरा स्थित क्लासिक होटलको सभााहलमा शुक्रबार सम्पन्न भएको हो ।

सेयर बजारका विविध विषयमा लगानीकर्तालाई जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बाराका विभिन्न स्थानका लगानीकर्ताको सहभागिता रहेको थियो ।

कार्यक्रममा सेयर बजारमा प्रवेश गर्नेदेखि लिएर बजारका विविध विषयमा जानकारी गराइएको थियो । सोही अवसरमा प्रमुख अतिथिको आसनबाट बोल्दै जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले कार्यक्रमले लगानीकर्तामा सेयर सम्बन्धि ज्ञान अभिवृद्धि गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यस्तै निजगढ नगर उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले लगानीकर्तामा सेयर सम्बन्धि ज्ञान अभिवृद्धि गराउन यस्तो कार्यक्रम आयोजना भएको भन्दै सुन्धारा सेक्युरिटीज लिमिटेडलाई उनले धन्यवाद दिए। साथै यस्ता कार्यक्रम आगामी दिनमा समेत आयोजना गरिनु पर्ने कुरामा उनले जोड दिए ।

उक्त कार्यक्रममा नेपाल धितोपत्र बोर्डका का.मु. निर्देशक अजय दुंगाना र सुरज पराजुलीले सेयर बजारमा किन लगानी गर्ने, सेयर बजारलाई असर गर्ने कारक तत्व के के हुन र आफ्नो लगानी व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्ययक्रम जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माको प्रमुख आतिथ्यता तथा सुन्धारा सेक्युरिटीज लिमिटेडका प्रमुख कार्यकारी निर्देशक (सीईओ) फणीन्द्र ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय