बाराको निजगढ नगरपालिका वडा नम्बर ९ निवासी समाजसेवी निर्मल कुमार खडकाले निजगढस्थित सरकारी र गैह्सरकारी कार्यालयहरुमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्वीर राख्ने अभियान सुरु गरेका छन ।

राष्ट्रको एकिकरण गरेर नेपालको अस्तित्व जोगाउने कार्यमा महत्वपूर्ण योगदान गरेका व्यक्तिलाई धेरैले बिर्सन लागेको देखेर पृथ्वीनारायण शाहको योगदानको कदर गर्दै कार्यालयहरुमा फोटो राख्ने अभियान थालेको खडकाले बताएका छन ।

‘मैले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्वीरलाई बिभिन्न कार्यालयमा राखेर नयाँ पुस्तालाई राष्ट्रनिर्माताको बारेमा जानकारी होस भन्ने लक्ष्यका साथ यो अभियान सुरू गरेँ, अब मेरो अभियान सबै राष्ट्रप्रेमी र राष्ट्रसेवकहरूले पनि राष्ट्रनिर्मातालाई साक्षी राखेर काम गर्नुस् भन्ने हो,’ उनले भने ।

खडकाका अनुसार पृथ्वीनारायण शाहको तस्वीर निजगढका विभिन्न कार्यालयहरुबाट माग भएको र धेरैमा राख्ने कामसमेत पुरा भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय