
नेकपा एमालेका मधेश प्रदेश सदस्य एक बहादुर श्रेष्ठले पार्टी परित्याग गरेका छन्।
सिबिक निजगढ गाँउपालिकाका अध्यक्ष समेत रहेका उनलाई पार्टीले प्रदेश सभाको टिकट नदिएपछि बारा क्षेत्र नम्बर १ क बाट स्वतन्त्र उम्मेदवारी दिएका श्रेष्ठले बुधबार पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका छन्।



पार्टीले स्थानीय नेता कार्यकर्ता र जनभावना विपरीत टिकट दिएको भन्दै आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनले बताए।
उनीसंगै उनलाई प्रस्तावक र समर्थकका रुपमा रहेका यम बहादुर खड्का नारयण र गोपाल प्रसाद लम्सालले समेत पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका छन् ।
एमाले पार्टीबाट त्रीलेकी चौधरीेलाई प्रदेश सभाको टिकट दिएपछि एक बहादुर श्रेष्ठका नेताकार्यकर्ता रुष्ट बनेका छन् ।
यसअघि श्रेष्ठले स्थानिए तहको निर्वाचनमा समेत स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गराएका थिए ।
प्रेस विज्ञप्ति