आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि बारामा केही स्वतन्त्रसहित १८६ जनाको उम्मेदवारी परेको छ ।
प्रतिनिधि सभामा ७१ जना, प्रदेश सभा ’क’ मा ५६ र ’ख’ मा ५९ जना गरी १८६ जनाको उम्मेदवारी परेको हो । ती मध्ये स्वतन्त्र उम्मेदवारको संख्या ८४ छ ।
४ प्रतिनिधिसभा सदस्यका लागि ७१ जनाको उम्मेदवारी परेकोमा ३० जना स्वतन्त्र उम्मेदवार छन् । यस्तै ८ प्रदेशसभा सदस्यका लागि ११५ जनाको उम्मेदवारी परेकोमा स्वतन्त्र उम्मेदवारको संख्या ५४ छ ।
बारा क्षेत्र नम्बर १
बाराको क्षेत्र नम्बर १ मा केही स्वतन्त्रसहित ४६ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधि सभामा १८ जना, प्रदेश सभा ’क’ मा १३ र ’ख’ मा १५ जना गरी ४६ जनाको उम्मेदवारी परेको हो । ती मध्ये स्वतन्त्र उम्मेदवारको संख्या २० छ ।
१ प्रतिनिधिसभा सदस्यका लागि १८ जनाको उम्मेदवारी परेकोमा ६ जना स्वतन्त्र उम्मेदवार छन् । यस्तै २ प्रदेशसभा सदस्यका लागि २८ जनाको उम्मेदवारी परेकोमा स्वतन्त्र उम्मेदवारको संख्या १४ छ ।
प्रतिनिधि सभा सदस्य
सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । यता नेकपा एमाले जसपाका तर्फबाट नेकपा एमालेका पोलिटब्युरो सदस्य अच्युत प्रसाद मैनालीले उम्मेदवारी दर्ता गराएका छन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भक्त बहादुर दर्लामीको उम्मेदवारी दर्ता भएको छ भने हाम्रो नेपाली पार्टीबाट राकेश न्यौपानेले नामको उम्मेदवारी दर्ता भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट शिव प्रसाद तिमल्सिनाको उम्मेदवारी दर्ता भएको छ ।
यस्तै मंगोल नेसनल अर्गनाइजेशनबाट महेन्द्र चौधरीले उम्मेदवारी दर्ता गराएका छन भने नेपाली कांग्रेस बीपीबाट धर्मेन्द्र प्रसादले उम्मेदवारी दर्ता गराएका छन् ।
यता नेपाल लोक्तान्त्रिक पार्टीबाट मोजहर हुसेन मन्जुर, नेपाली जनता पार्टीबाट प्रदिप कुमार प्रसाद साह कलवार, नागरिक अन्मुक्ति पार्टीबाट भुवन प्रसाद चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश धिमाल र जनमत पार्टीबाट मनोज कुमार थारुले उम्मेदवारी दर्ता गराएका छन ।
प्रतिनिधिसभामा स्वतन्त्र रुपमा अनिल कुमार गुप्ता, कृष्ण राज गिरी, धर्मेन्द्र कुमार साह, शिव प्रसाद रिजाल, अनवर अंसारी र चनकराज भट्टराईको उम्मेदवारी परेको छ ।
१ क प्रदेश सभा
सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका रमेश प्रसाद दंगालले उम्मेदवारी दर्ता गराएका हुन् । यता नेकपा एमालेबाट मधेश प्रदेशका सदस्य त्रीलोकी चौधरीले उम्मेदवारी दर्ता गराएका हुन ।
हाम्रो नेपाली पार्टीबाट भेस बहादुर ढकाल, नेपाल सुशासन पार्टीबाट दामोदर परुहर, नागरिक अन्मुक्ति पार्टीबाट राधा कुमारी चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी शाह कलवार, मंगोल नेसनल अर्गनाइजेशनबाट मदन बहादुर बम्जन र जनमत पार्टीबाट युवराज मैनालीले उम्मेदवारी दर्ता गराएका छन ।
प्रदेश सभा ’क’ मा स्वतन्त्र रुपमा शिवनारायण थारु, जयमंगल चौधरी, देव राज घिमिरे, एक बहादुर क्षेष्ठ र सन्नी लामाको उम्मेदवारी परेको छ ।
१ ख प्रदेश सभा
सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका नागेन्द्र साह कानुले उम्मेदवारी दर्ता गराएका छन । यता जनता समाजवादी पार्टीबाट मधेश प्रदेशका सभामुख सरोज कुमार यादवले उम्मेदवारी दर्ता गराएका हुन ।
राप्रपा नेपालबाट जोखु साह कानु, नेकपा एकीकृत समाजवादीबाट बतहु राय यादव, नागरिक अन्मुक्ति पार्टीबाट उमेश प्रसाद कलवार र जनमत पार्टीबाट सिताराम प्रसाद नेपालीले उम्मेदवारी दर्ता गराएका छन ।
प्रदेश सभा ’ख’ मा स्वतन्त्र रुपमा राकेह कुमार कुशवाहा, अशोक कुमार यादब, अरुण कुशवाहा, कमरुल्लाह अंसारी, जयन्त कुमार कुशवाहा, राजकुमार प्रसाद साह, संजय प्रसाद यादव, विन्देश्वर यादव र प्रभुदास तव्माको उम्मेदवारी परेको छ ।
बारा क्षेत्र नम्बर २
बाराको क्षेत्र नम्बर २ मा केही स्वतन्त्रसहित ४७ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधि सभामा १५ जना, प्रदेश सभा ’क’ मा १५ र ’ख’ मा १७ जना गरी ४७ जनाको उम्मेदवारी परेको हो । ती मध्ये स्वतन्त्र उम्मेदवारको संख्या २९ छ ।
१ प्रतिनिधिसभा सदस्यका लागि १५ जनाको उम्मेदवारी परेकोमा ९ जना स्वतन्त्र उम्मेदवार छन् । यस्तै २ प्रदेशसभा सदस्यका लागि ३२ जनाको उम्मेदवारी परेकोमा स्वतन्त्र उम्मेदवारको संख्या २० छ ।
प्रतिनिधि सभा सदस्य
एमाले जनता समाजवादी पार्टी नेपाल गठबन्धनका तर्फबाट जसपाका नेता तथा पुव वन मन्त्री रामसहाय प्रसाद यादबले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै नेपाल मजदुर किसान पार्टीबाट मेरोलाल प्रसाद यादब, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट रबिन्द्र प्रसाद जसवाल, नेपाल कम्युनिष्ट पार्टी माअेवादी केन्द्र एकद चुनाब चिन्हबाट शिवचन्द्र प्रसाद कुशवाह, नेपालका लागि नेपाली पार्टीबाट शेख ओली आलम र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सोनालाल प्रसाद सा तेलीको उम्मेदवारी दर्ता गराएका छन ।
प्रतिनिधिसभामा स्वतन्त्र रुपमा अरुण कुमार ज्ञवाली, जितेन्द्र प्रसाद यादव, प्रशान्त कुमार यादव, बिनोद कुमार यादव, मंजारुल अंसारी, रबिन्द्र प्रसाद यादब, रामकिशोर प्रसाद यादब र शम्भु प्रसाद साहको उम्मेदवारी परेको छ ।
२ क प्रदेश सभा
नेकपा एमालेबाट बलबिर चौधरीले उम्मेदवारी दर्ता गराएका छन भने लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट मोतीलाल प्रसादले उम्मेदवारी दर्ता गराएका छन । यस्तै नेपाल लोकतान्त्रिक पार्टीबाट के एस फिजिसन, नेपालका लागि नेपाली पार्टीबाट जगदेव महतो कोइरि, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट देवानन्द सहनी र जनमत पार्टीबाट रामाशंकर प्रसाद कुशवाहाले उम्मेदवारी दर्ता गराएका छन ।
प्रदेश सभा ’क’ मा स्वतन्त्र रुपमा अनुरुद राउत, कामेश्वर प्रसाद यादव, दिपेन्द्र प्रसाद यादब, धर्मलाल प्रसाद यादब, राजेश प्रसाद यादब, लक्ष्मण राउत अहिर, बिरेन्द्र प्रसाद यादब, श्रीमती उषा कुमारी यादब र सारदा संकर प्रसाद कलवारको उम्मेदवारी परेको छ ।
२ ख प्रदेश सभा
सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका रामउयोध्या प्रसाद यादबले उम्मेदवारी दर्ता गराएका छन । यता जनता समाजवादी पार्टीबाट बच्चा राउत अहिरले उम्मेदवारी दर्ता गराएका हुन ।
जनमत पार्टीबाट गजानन्द प्रसाद यादब, नेपाल मजदुर पार्टीबाट चन्दन कुमार यादब, नेपाल सद्धावना पार्टीबाट भुला सिंह रानपुत र राप्रपाबाट राम दहिन रायले उम्मेदवारी दर्ता गराएका छन ।
प्रदेश सभा ’ख’ मा स्वतन्त्र रुपमा अजय कुमार यादव, ओम प्रकाश प्रसाद यादव, ओम प्रवेश शर्मा, देवेन्द्र प्रसाद गिरी, नवल किशोर प्रसाद, प्रभुनाथ राउत, भतर प्रसाद साह, महेश्वर कुमार उपाध्याय, रामएकबाल प्रसाद यादब, सुरेश कुमार यादब र सुनिल कुमार पंडितको उम्मेदवारी परेको छ ।
बारा क्षेत्र नम्बर ३
बाराको क्षेत्र नम्बर ३ मा केही स्वतन्त्रसहित ४५ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधि सभामा १८ जना, प्रदेश सभा ’क’ मा १५ र ’ख’ मा १२ जना गरी ४५ जनाको उम्मेदवारी परेको हो । ती मध्ये स्वतन्त्र उम्मेदवारको संख्या १५ छ ।
१ प्रतिनिधिसभा सदस्यका लागि १८ जनाको उम्मेदवारी परेकोमा ५ जना स्वतन्त्र उम्मेदवार छन् । यस्तै २ प्रदेशसभा सदस्यका लागि २७ जनाको उम्मेदवारी परेकोमा स्वतन्त्र उम्मेदवारको संख्या १० छ ।
प्रतिनिधि सभा
सत्ता गठबन्धनका तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका लालबाबु सिंह भुइहारले उम्मेदवारी दर्ता गराएका छन् । यता नेकपा एमालेको तर्फबाट नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा मदेश प्रदेश सहइन्चार्ज ज्वाला कुमारी साहले उम्मेदवारी दर्ता गराएकी छिन ।
विवेकशील साझा पार्टीबाट अमिरी साह तेली, नेपाल जनता पार्टीबाट गोपाल दास, हाम्रो नेपाली पार्टीबाट चन्द्र प्रकाश सुवेदी, एकीकृत शक्ति नेपालबाट नरेश कुमार चौलागाई, मंगोल नेशनल अर्गनाइजेसनबाट नुर महमद हवारी धोवी, नेपाल मजदुर किसान पार्टीबाट महमुदिन मिया अंसारी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट राजेन्द्र प्रसाद जैसवार, जनमत पार्टीबाट राधिका देवी साह, जनता समाजवादी पार्टी नेपालबाट रामवाबु कुमार यादब, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रुपनारायण ठाकुर लोहार र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुरेन्द्र शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिनिधिसभामा स्वतन्त्र रुपमा इन्द्रदेव महतो, कलामुदीन अंसारी, दिनेश्वर झा, मनोज पडित कुम्हार र रामकृष्ण साहको उम्मेदवारी परेको छ ।
३ क प्रदेश सभा
सत्ता गठबन्धनका तर्फबाट नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका मुकेश साहले उम्मेदवारी दर्ता गराएका छन् । यता नेकपा एमालेको तर्फबाट रबिन्द्र दास श्रोष्ठले उम्मेदवारी दर्ता गराएका छन ।
यस्तै जनता समाजवादी पार्टी नेपालबाट भरत बहादुर खडका, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बलिराम राउत पटेल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट बलिराम हजरा दुसाद, नेपाल मजदुर किसान पार्टीबाट भुण्टा माझी, जनमत पार्टीबाट मदन प्रसाद साह, मंगोल नेशनल अर्गनाइजेसनबाट मेघ बाहादुर गोले, हाम्रो नेपाली पार्टीबाट शिवनाथ प्रसाद पटेल र नागरिक उन्मुक्ति पार्टीबाट सुरेन्द्र प्रसाद साह तेलीले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेश सभा ’क’ मा स्वतन्त्र रुपमा दिपक कुमार बराल, दिलीप कुमार साह, ध्रुव प्रसाद यादब, नारायण क्षेत्री र शिवनाथ प्रसाद पटेलको उम्मेदवारी परेको छ ।
३ ख प्रदेश सभा
सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका जयचन्द्र प्रसाद चौरसीयाले उम्मेदवारी दर्ता गराएका छन् । यता नेकपा एमालेको तर्फबाट महम्मद समिरले उम्मेदवारी दर्ता गराएका छन भने जनता समाजवादी पार्टीबाट पारस प्रसाद साहले उम्मेदवारी दर्ता गराएका हुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेश प्रसाद जैसवार, नेपाल मजदुर किसान पार्टीबाट चन्द्रीका प्रसाद यादव, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट मनोज साह तेली र जनमत पार्टीबाट संतोष प्रसाद पटेलले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेश सभा ’ख’ मा स्वतन्त्र रुपमा प्रदिप प्रसाद यादब, प्रंमिला गिरी, बाचालाल साह कान, बुधन प्रसाद यादब र सुरेश कुमार मोदकको उम्मेदवारी परेको छ ।
बारा क्षेत्र नम्बर ४
बाराको क्षेत्र नम्बर ४ मा केही स्वतन्त्रसहित ४६ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधि सभामा २० जना, प्रदेश सभा ’क’ मा १३ र ’ख’ मा १५ जना गरी ४८ जनाको उम्मेदवारी परेको हो । ती मध्ये स्वतन्त्र उम्मेदवारको संख्या २० छ ।
१ प्रतिनिधिसभा सदस्यका लागि २० जनाको उम्मेदवारी परेकोमा १० जना स्वतन्त्र उम्मेदवार छन् । यस्तै २ प्रदेशसभा सदस्यका लागि २८ जनाको उम्मेदवारी परेकोमा स्वतन्त्र उम्मेदवारको संख्या १० छ ।
प्रतिनिधि सभा सदस्य
सत्ता गठबन्धनका तर्फबाट नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका नेता कृष्ण कुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । यता नेकपा एमाले जसपाका तर्फबाट नेकपा एमालेका एकवाल मियाँले उम्मेदवारी दर्ता गराएका छन ।
नेपाल सद्धावना पार्टीबाट खेदू महतो धानुक, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जलिल देवान, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पवन चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट रोहन कुमार, जनता प्रगतिशिल पार्टी, नेपालबाट श्रीनिवास महतो, हाम्रो नेपाली पार्टीबाट सन्तोष कुमार गुप्ता, विवेकशील साझा पार्टीबाट सुनिल प्र साह कलवार र जनमत पार्टीबाट हरि प्रसाद कुर्मीको उम्मेदवारी दर्ता भएको छ ।
प्रतिनिधिसभामा स्वतन्त्र रुपमा इच्छा वहादुर वाग्ले, किशोरीलाल कुर्मी, गोविन्द प्रसाद मंडल, दिनेश प्रसाद भेडिहर, नेमराज प्रसाद जैसवाल, पुर्ण प्रसाद पन्थ, रामकृष्ण तिवारी, रामश्रेय प्रसाद कुश्वाहा, हरि महरा र हरीनारायण सहनी मलाहको उम्मेदवारी परेको छ ।
४ क प्रदेश सभा
सत्ता गठबन्धनका तर्फबाट नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका क्षेत्र बहादुर श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् । यता नेकपा एमालेबाट देवनारायण थारुले उम्मेदवारी दर्ता गराएका हुन ।
जनमत पार्टीबाट गणेश प्रसाद यादब, विवेकशील साझा पार्टीबाट डम्बर बहादुर खत्री, नेपाली कांग्रेस बी.पी.बाट द्धारिका श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट नन्दालाल राउत, जनता प्रगतिशिल पार्टी नेपालबाट मारकन्डे प्रसाद, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट यम कुमार जर्का मगर र हाम्रो नेपाली पार्टीबाट संतोष कुश्वाहाले उम्मेदवारी दर्ता गराएका छन ।
प्रदेश सभा ’क’ मा स्वतन्त्र रुपमा अनिल कुमार साह, कृष्ण प्रसाद चौलागाई, नारायणी रायमाझी र महेन्दू प्रसाद थारुको उम्मेदवारी परेको छ ।
४ ख प्रदेश सभा
सत्ता गठबन्धनका तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन्द्र प्रसाद सोनारले उम्मेदवारी दर्ता गराएका छन । यता जनता समाजवादी पार्टीबाट आत्माराम प्रसाद साहले उम्मेदवारी दर्ता गराएका हुन ।
जनता प्रगतिशिल पार्टी, नेपालबाट छोटेलाल प्रसाद साह, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिपेन्द्र कुमार कलवार, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट देवबाबु प्रसाद कुर्मी, विवेकशील साझा पार्टीबाट धनन्जय प्रसाद यादब, नेपाल लोकतान्त्रिक पार्टीबाट प्रभु प्रसाद गुप्ता, हाम्रो नेपाली पार्टीबाट लक्ष्मी नारायण महतो र जनमत पार्टीबाट सुरेश प्रसाद ले उम्मेदवारी दर्ता गराएका छन ।
प्रदेश सभा ’ख’ मा स्वतन्त्र रुपमा अजय कुमार गुप्ता, उमेश कुमार कुश्वाहा, केदार प्रसाद तेली, मोजाइद अंसारी, राजकुमार राम र राजु देवानको उम्मेदवारी परेको छ ।