आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि बाराको क्षेत्र नम्बर ४ मा केही स्वतन्त्रसहित ४६ जनाको उम्मेदवारी परेको छ ।

प्रतिनिधि सभामा २० जना, प्रदेश सभा ’क’ मा १३ र ’ख’ मा १५ जना गरी ४८ जनाको उम्मेदवारी परेको हो । ती मध्ये स्वतन्त्र उम्मेदवारको संख्या २० छ ।

१ प्रतिनिधिसभा सदस्यका लागि २० जनाको उम्मेदवारी परेकोमा १० जना स्वतन्त्र उम्मेदवार छन् । यस्तै २ प्रदेशसभा सदस्यका लागि २८ जनाको उम्मेदवारी परेकोमा स्वतन्त्र उम्मेदवारको संख्या १० छ ।

बारा क्षेत्र नम्बर ४ प्रतिनिधि सभा सदस्य

सत्ता गठबन्धनका तर्फबाट नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका नेता कृष्ण कुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । यता नेकपा एमाले जसपाका तर्फबाट नेकपा एमालेका एकवाल मियाँले उम्मेदवारी दर्ता गराएका छन ।

नेपाल सद्धावना पार्टीबाट खेदू महतो धानुक, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जलिल देवान, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पवन चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट रोहन कुमार, जनता प्रगतिशिल पार्टी, नेपालबाट श्रीनिवास महतो, हाम्रो नेपाली पार्टीबाट सन्तोष कुमार गुप्ता, विवेकशील साझा पार्टीबाट सुनिल प्र साह कलवार र जनमत पार्टीबाट हरि प्रसाद कुर्मीको उम्मेदवारी दर्ता भएको छ ।

प्रतिनिधिसभामा स्वतन्त्र रुपमा इच्छा वहादुर वाग्ले, किशोरीलाल कुर्मी, गोविन्द प्रसाद मंडल, दिनेश प्रसाद भेडिहर, नेमराज प्रसाद जैसवाल, पुर्ण प्रसाद पन्थ, रामकृष्ण तिवारी, रामश्रेय प्रसाद कुश्वाहा, हरि महरा र हरीनारायण सहनी मलाहको उम्मेदवारी परेको छ ।

४ क प्रदेश सभा

सत्ता गठबन्धनका तर्फबाट नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका क्षेत्र बहादुर श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् । यता नेकपा एमालेबाट देवनारायण थारुले उम्मेदवारी दर्ता गराएका हुन ।

जनमत पार्टीबाट गणेश प्रसाद यादब, विवेकशील साझा पार्टीबाट डम्बर बहादुर खत्री, नेपाली कांग्रेस बी.पी.बाट द्धारिका श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट नन्दालाल राउत, जनता प्रगतिशिल पार्टी नेपालबाट मारकन्डे प्रसाद, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट यम कुमार जर्का मगर र हाम्रो नेपाली पार्टीबाट संतोष कुश्वाहाले उम्मेदवारी दर्ता गराएका छन ।

प्रदेश सभा ’क’ मा स्वतन्त्र रुपमा अनिल कुमार साह, कृष्ण प्रसाद चौलागाई, नारायणी रायमाझी र महेन्दू प्रसाद थारुको उम्मेदवारी परेको छ ।

४ ख प्रदेश सभा

सत्ता गठबन्धनका तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन्द्र प्रसाद सोनारले उम्मेदवारी दर्ता गराएका छन । यता जनता समाजवादी पार्टीबाट आत्माराम प्रसाद साहले उम्मेदवारी दर्ता गराएका हुन ।

ज्नता प्रगतिशिल पार्टी, नेपालबाट छोटेलाल प्रसाद साह, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिपेन्द्र कुमार कलवार, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट देवबाबु प्रसाद कुर्मी, विवेकशील साझा पार्टीबाट धनन्जय प्रसाद यादब, नेपाल लोकतान्त्रिक पार्टीबाट प्रभु प्रसाद गुप्ता, हाम्रो नेपाली पार्टीबाट लक्ष्मी नारायण महतो र जनमत पार्टीबाट सुरेश प्रसाद ले उम्मेदवारी दर्ता गराएका छन ।

प्रदेश सभा ’ख’ मा स्वतन्त्र रुपमा अजय कुमार गुप्ता, उमेश कुमार कुश्वाहा, केदार प्रसाद तेली, मोजाइद अंसारी, राजकुमार राम र राजु देवानको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय