आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि बाराको क्षेत्र नम्बर ३ मा केही स्वतन्त्रसहित ४५ जनाको उम्मेदवारी परेको छ ।

प्रतिनिधि सभामा १८ जना, प्रदेश सभा ’क’ मा १५ र ’ख’ मा १२ जना गरी ४५ जनाको उम्मेदवारी परेको हो । ती मध्ये स्वतन्त्र उम्मेदवारको संख्या १५ छ ।

१ प्रतिनिधिसभा सदस्यका लागि १८ जनाको उम्मेदवारी परेकोमा ५ जना स्वतन्त्र उम्मेदवार छन् । यस्तै २ प्रदेशसभा सदस्यका लागि २७ जनाको उम्मेदवारी परेकोमा स्वतन्त्र उम्मेदवारको संख्या १० छ ।

बारा क्षेत्र नम्बर ३ प्रतिनिधि सभा

सत्ता गठबन्धनका तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका लालबाबु सिंह भुइहारले उम्मेदवारी दर्ता गराएका छन् । यता नेकपा एमालेको तर्फबाट नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा मदेश प्रदेश सहइन्चार्ज ज्वाला कुमारी साहले उम्मेदवारी दर्ता गराएकी छिन ।

विवेकशील साझा पार्टीबाट अमिरी साह तेली, नेपाल जनता पार्टीबाट गोपाल दास, हाम्रो नेपाली पार्टीबाट चन्द्र प्रकाश सुवेदी, एकीकृत शक्ति नेपालबाट नरेश कुमार चौलागाई, मंगोल नेशनल अर्गनाइजेसनबाट नुर महमद हवारी धोवी, नेपाल मजदुर किसान पार्टीबाट महमुदिन मिया अंसारी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट राजेन्द्र प्रसाद जैसवार, जनमत पार्टीबाट राधिका देवी साह, जनता समाजवादी पार्टी नेपालबाट रामवाबु कुमार यादब, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रुपनारायण ठाकुर लोहार र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुरेन्द्र शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिनिधिसभामा स्वतन्त्र रुपमा इन्द्रदेव महतो, कलामुदीन अंसारी, दिनेश्वर झा, मनोज पडित कुम्हार र रामकृष्ण साहको उम्मेदवारी परेको छ ।

३ क प्रदेश सभा

सत्ता गठबन्धनका तर्फबाट नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका मुकेश साहले उम्मेदवारी दर्ता गराएका छन् । यता नेकपा एमालेको तर्फबाट रबिन्द्र दास श्रोष्ठले उम्मेदवारी दर्ता गराएका छन ।

यस्तै जनता समाजवादी पार्टी नेपालबाट भरत बहादुर खडका, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बलिराम राउत पटेल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट बलिराम हजरा दुसाद, नेपाल मजदुर किसान पार्टीबाट भुण्टा माझी, जनमत पार्टीबाट मदन प्रसाद साह, मंगोल नेशनल अर्गनाइजेसनबाट मेघ बाहादुर गोले, हाम्रो नेपाली पार्टीबाट शिवनाथ प्रसाद पटेल र नागरिक उन्मुक्ति पार्टीबाट सुरेन्द्र प्रसाद साह तेलीले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश सभा ’क’ मा स्वतन्त्र रुपमा दिपक कुमार बराल, दिलीप कुमार साह, ध्रुव प्रसाद यादब, नारायण क्षेत्री र शिवनाथ प्रसाद पटेलको उम्मेदवारी परेको छ ।

३ ख प्रदेश सभा

सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका जयचन्द्र प्रसाद चौरसीयाले उम्मेदवारी दर्ता गराएका छन् । यता नेकपा एमालेको तर्फबाट महम्मद समिरले उम्मेदवारी दर्ता गराएका छन भने जनता समाजवादी पार्टीबाट पारस प्रसाद साहले उम्मेदवारी दर्ता गराएका हुन ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेश प्रसाद जैसवार, नेपाल मजदुर किसान पार्टीबाट चन्द्रीका प्रसाद यादव, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट मनोज साह तेली र जनमत पार्टीबाट संतोष प्रसाद पटेलले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश सभा ’ख’ मा स्वतन्त्र रुपमा प्रदिप प्रसाद यादब, प्रंमिला गिरी, बाचालाल साह कान, बुधन प्रसाद यादब र सुरेश कुमार मोदकको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय