
आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि बाराको क्षेत्र नम्बर २ मा केही स्वतन्त्रसहित ४७ जनाको उम्मेदवारी परेको छ ।
प्रतिनिधि सभामा १५ जना, प्रदेश सभा ’क’ मा १५ र ’ख’ मा १७ जना गरी ४७ जनाको उम्मेदवारी परेको हो । ती मध्ये स्वतन्त्र उम्मेदवारको संख्या २९ छ ।



१ प्रतिनिधिसभा सदस्यका लागि १५ जनाको उम्मेदवारी परेकोमा ९ जना स्वतन्त्र उम्मेदवार छन् । यस्तै २ प्रदेशसभा सदस्यका लागि ३२ जनाको उम्मेदवारी परेकोमा स्वतन्त्र उम्मेदवारको संख्या २० छ ।
बारा क्षेत्र नम्बर २ प्रतिनिधि सभा
एमाले जनता समाजवादी पार्टी नेपाल गठबन्धनका तर्फबाट जसपाका नेता तथा पुव वन मन्त्री रामसहाय प्रसाद यादबले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै नेपाल मजदुर किसान पार्टीबाट मेरोलाल प्रसाद यादब, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट रबिन्द्र प्रसाद जसवाल, नेपाल कम्युनिष्ट पार्टी माअेवादी केन्द्र एकद चुनाब चिन्हबाट शिवचन्द्र प्रसाद कुशवाह, नेपालका लागि नेपाली पार्टीबाट शेख ओली आलम र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सोनालाल प्रसाद सा तेलीको उम्मेदवारी दर्ता गराएका छन ।
प्रतिनिधिसभामा स्वतन्त्र रुपमा अरुण कुमार ज्ञवाली, जितेन्द्र प्रसाद यादव, प्रशान्त कुमार यादव, बिनोद कुमार यादव, मंजारुल अंसारी, रबिन्द्र प्रसाद यादब, रामकिशोर प्रसाद यादब र शम्भु प्रसाद साहको उम्मेदवारी परेको छ ।
२ क प्रदेश सभा
नेकपा एमालेबाट बलबिर चौधरीले उम्मेदवारी दर्ता गराएका छन भने लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट मोतीलाल प्रसादले उम्मेदवारी दर्ता गराएका छन ।
यस्तै नेपाल लोकतान्त्रिक पार्टीबाट के एस फिजिसन, नेपालका लागि नेपाली पार्टीबाट जगदेव महतो कोइरि, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट देवानन्द सहनी र जनमत पार्टीबाट रामाशंकर प्रसाद कुशवाहाले उम्मेदवारी दर्ता गराएका छन ।
प्रदेश सभा ’क’ मा स्वतन्त्र रुपमा अनुरुद राउत, कामेश्वर प्रसाद यादव, दिपेन्द्र प्रसाद यादब, धर्मलाल प्रसाद यादब, राजेश प्रसाद यादब, लक्ष्मण राउत अहिर, बिरेन्द्र प्रसाद यादब, श्रीमती उषा कुमारी यादब र सारदा संकर प्रसाद कलवारको उम्मेदवारी परेको छ ।
२ ख प्रदेश सभा
सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका रामउयोध्या प्रसाद यादबले उम्मेदवारी दर्ता गराएका छन । यता जनता समाजवादी पार्टीबाट बच्चा राउत अहिरले उम्मेदवारी दर्ता गराएका हुन ।
जनमत पार्टीबाट गजानन्द प्रसाद यादब, नेपाल मजदुर पार्टीबाट चन्दन कुमार यादब, नेपाल सद्धावना पार्टीबाट भुला सिंह रानपुत र राप्रपाबाट राम दहिन रायले उम्मेदवारी दर्ता गराएका छन ।
प्रदेश सभा ’ख’ मा स्वतन्त्र रुपमा अजय कुमार यादव, ओम प्रकाश प्रसाद यादव, ओम प्रवेश शर्मा, देवेन्द्र प्रसाद गिरी, नवल किशोर प्रसाद, प्रभुनाथ राउत, भतर प्रसाद साह, महेश्वर कुमार उपाध्याय, रामएकबाल प्रसाद यादब, सुरेश कुमार यादब र सुनिल कुमार पंडितको उम्मेदवारी परेको छ ।