आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि बाराको क्षेत्र नम्बर १ मा केही स्वतन्त्रसहित ४६ जनाको उम्मेदवारी परेको छ ।

प्रतिनिधि सभामा १८ जना, प्रदेश सभा ’क’ मा १३ र ’ख’ मा १५ जना गरी ४६ जनाको उम्मेदवारी परेको हो । ती मध्ये स्वतन्त्र उम्मेदवारको संख्या २० छ ।

१ प्रतिनिधिसभा सदस्यका लागि १८ जनाको उम्मेदवारी परेकोमा ६ जना स्वतन्त्र उम्मेदवार छन् । यस्तै २ प्रदेशसभा सदस्यका लागि २८ जनाको उम्मेदवारी परेकोमा स्वतन्त्र उम्मेदवारको संख्या १४ छ ।

बारा क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य

सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । यता नेकपा एमाले जसपाका तर्फबाट नेकपा एमालेका पोलिटब्युरो सदस्य अच्युत प्रसाद मैनालीले उम्मेदवारी दर्ता गराएका छन ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भक्त बहादुर दर्लामीको उम्मेदवारी दर्ता भएको छ भने हाम्रो नेपाली पार्टीबाट राकेश न्यौपानेले नामको उम्मेदवारी दर्ता भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट शिव प्रसाद तिमल्सिनाको उम्मेदवारी दर्ता भएको छ ।

यस्तै मंगोल नेसनल अर्गनाइजेशनबाट महेन्द्र चौधरीले उम्मेदवारी दर्ता गराएका छन भने नेपाली कांग्रेस बीपीबाट धर्मेन्द्र प्रसादले उम्मेदवारी दर्ता गराएका छन् ।

यता नेपाल लोक्तान्त्रिक पार्टीबाट मोजहर हुसेन मन्जुर, राप्रपा नेपालबाट शिव प्रसाद तिमल्सिना, नेपाली जनता पार्टीबाट प्रदिप कुमार प्रसाद साह कलवार, नागरिक अन्मुक्ति पार्टीबाट भुवन प्रसाद चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश धिमाल र जनमत पार्टीबाट मनोज कुमार थारुले उम्मेदवारी दर्ता गराएका छन ।

प्रतिनिधिसभामा स्वतन्त्र रुपमा अनिल कुमार गुप्ता, कृष्ण राज गिरी, धर्मेन्द्र कुमार साह, शिव प्रसाद रिजाल, अनवर अंसारी र चनकराज भट्टराईको उम्मेदवारी परेको छ ।

बारा क्षेत्र नम्बर १ क प्रदेश सभा

सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका रमेश प्रसाद दंगालले उम्मेदवारी दर्ता गराएका हुन् । यता नेकपा एमालेबाट मधेश प्रदेशका सदस्य त्रीलोकी चौधरीले उम्मेदवारी दर्ता गराएका हुन ।

हाम्रो नेपाली पार्टीबाट भेस बहादुर ढकाल, नेपाल सुशासन पार्टीबाट दामोदर परुहर, नागरिक अन्मुक्ति पार्टीबाट राधा कुमारी चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी शाह कलवार, मंगोल नेसनल अर्गनाइजेशनबाट मदन बहादुर बम्जन र जनमत पार्टीबाट युवराज मैनालीले उम्मेदवारी दर्ता गराएका छन ।

प्रदेश सभा ’क’ मा स्वतन्त्र रुपमा शिवनारायण थारु, जयमंगल चौधरी, देव राज घिमिरे, एक बहादुर क्षेष्ठ र सन्नी लामाको उम्मेदवारी परेको छ ।

बारा क्षेत्र नम्बर १ ख प्रदेश सभा

सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका नागेन्द्र साह कानुले उम्मेदवारी दर्ता गराएका छन । यता जनता समाजवादी पार्टीबाट मधेश प्रदेशका सभामुख सरोज कुमार यादवले उम्मेदवारी दर्ता गराएका हुन ।

राप्रपा नेपालबाट जोखु साह कानु, नेकपा एकीकृत समाजवादीबाट बतहु राय यादव, नागरिक अन्मुक्ति पार्टीबाट उमेश प्रसाद कलवार र जनमत पार्टीबाट सिताराम प्रसाद नेपालीले उम्मेदवारी दर्ता गराएका छन ।

प्रदेश सभा ’ख’ मा स्वतन्त्र रुपमा राकेह कुमार कुशवाहा, अशोक कुमार यादब, अरुण कुशवाहा, कमरुल्लाह अंसारी, जयन्त कुमार कुशवाहा, राजकुमार प्रसाद साह, संजय प्रसाद यादव, विन्देश्वर यादव र प्रभुदास तव्माको उम्मेदवारी परेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय