आगामी मंसिर ४ गते हुने निर्वाचनमा पार्टीले बारा क्षेत्र नम्बर १ को उम्मेदवारी चयनमा सन्तुलन नमिलाएको भन्दै नेकपा एमाले निजगढका कार्यकर्ताहरुले असन्तुष्टि जनाएका छन । नेकपा एमालेले नगर कमिटीको शनिबार भएको बैठकमा सहभागीहरुले बामपन्थी राजनितिमा बारा जिल्लामा महत्वपूर्ण भुमिका निर्वाहा गर्दै आएको निजगढबाट यसपटकको निर्वाचनमा पार्टीले एकजनालाई पनि उम्मेदवार नबनाएको भन्दै कार्यकर्ताहरुले असन्तुष्टि जनाएका हुन ।

उनीहरुले भौगोलिक सन्तुलन कायम गरेर पार्टीका उम्मेदवारको जित सुनिश्चित पार्नको निम्ति प्रतिनिधि सभा र प्रदेश सभा सदस्य मध्ये कुनै एउटा क्षेत्रमा एमालेले निजगढबाट पनि उम्मेदवार बनाउनु पर्ने भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका अच्युत मैनाली र प्रदेश सभा क बाट सदस्य उम्मेदवार त्रिलोकी चौधरी दुबै जना कोल्हबी क्षेत्रका बासिन्दा परेपछि निजगढमा एमाले कार्यकर्तामा असन्तुष्टि बढेको हो ।

प्रतिनिधि सभा सदस्यको टिकट पाएका अच्युत मैनालीको वा प्रदेश सभा सदस्यको टिकट पाएका चौधरीको बदलामा निजगढबाट उम्मेदवार बनाउनुपर्ने भन्दै एमाले निजगढका कार्यकर्ताहरुले फोनमार्फत नेताहरुलाई दवाव दिएका छन ।

पार्टी नगर कमिटी अध्यक्ष सुरथ पुरीको अध्यक्षतामा भएको सो बैठकमा एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले भने आगामी निर्वाचन जसरी पनि जित्नै पर्ने भएकोले सबै कार्यकर्ता एकजुट बनेर एमाले उम्मेदवारहरुलाई विजयी तुल्याउन लाग्नुपर्ने बताए । उनले आज हुने मनोनयन दर्ता कार्यक्रममा प्रभावकारी उपस्थिति जनाउन पनि कार्यकर्ताहरुसंग आग्रह गरे ।

यसैबीच निजगढका एमाले नेता एकबहादुर श्रेष्ठले प्रदेश सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिने बारेमा साथीहरुसंग सरसल्लाहा भइरहेको बताए ।
एमालेले बारा क्षेत्र नम्बर १ मा उम्मेदवार दिदा क्षेत्रीय सन्तुलन नमिलाएको भन्दै स्वतन्त्र उम्मेदवार बन्ने बताएका हुन ।

एमाले मधेस प्रदेश कमिटी सदस्यसमेत रहेका श्रेष्ठ प्रदेश सभा सदस्य पदको दाबेदार थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय