बाराको क्षेत्र १ मा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ०७४ दोहोरिएको छ । सता गठबन्धनबाट नेपाली कांग्रेसका सहमहामन्त्री तथा बहालवाला खानेपानी मन्त्री उमाकान्त चौधरी र एमालेजसपा गठबन्धनबाट नेकपा एमालेका पोलिटब्युरो सदस्य अच्युत प्रसाद मैनाली बिच पुनः प्रतिस्पर्धा हुने भएको हो ।
यसअघि २०७४ मा समेत यी दुईको प्रतिस्पर्धा भएको थियो ।
२०७४ मा तत्कालिन एमाले र माओवादीसंगको गठबन्धनका उम्मेदवारलाई मैनालीलाई २ हजार ४ सय ३० मत चैधरीले हराएका थिए । मैनाली २०७४ मा भएको हारको प्रतिसोध लिन चहान्छन । यो पटक एमालेसंग जसपाको साथ छ ।
यस्तै २०७४ मा जित हात पारेका चौधरीसंग सता गठबन्धनको साथ छ उनी यस पटक समेत जित्ते दाउमा छन ।
क्षेत्र नम्बर १ ‘क’
बाराको क्षेत्र नम्बर १ ‘क’ मा प्रदेश सभामा पुन: एमालेका त्रीलोकी चौधरी आउने भएका छन । नेपाली कांग्रेसबाट भने नयाँ अनुहार रमेश दंगाल आउने भएका छन ।
कांग्रेस स्रोतका अनुसार शम्भु बहादुर बुढाथोकी रिङ्ग आउट भएका छन भने यसअघि त्रीलोकी चौधरी संग परिजित भएका कांग्रेसका पेमा सिद्धी लामाको तर्फबाट कांग्रेस महाँमन्त्री गंगन थापाले लबिङ गरिरहेको भएतापनि कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरी भने दंगालको पक्षमा छन । चौधरी यहीँ क्षेत्रबाट निवार्चनमा भाग लिने भएकाले समेत उनको कुरा सुनुवाइ हुने स्रोतको दावि छ ।