आगामि प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनेहरुले आआफ्नो घोषणा सुरु गरिसकेका छन् । यहीबीच व्यवसायी ऋृषि बडालले आगामी प्रतिनिधि सभाको निर्वाचनमा बारा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्। शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लोख्दै बडालले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

बारा निजगढ नगरपालिका ८ मा जन्मेका बडालले देशमा व्याप्त विकृति अन्त्य गर्न, देश र जनताको अवस्था परिवर्तन गर्न र उपलब्ध साधन, स्रोत र प्रविधिको उच्चतम सदुपयोग गरी देश विकासका लागि समग्र युवाहरुको प्रतिनिधित्व गर्दै उम्मेदवारी घोषणा गरेको बताएका छन् ।

उनले अरुले गर्देन भनेर चुप बस्ने हो भने देशको अवस्था कहिल्यै नफेरिने तर्क गर्दै आफु दलको विकल्पको रुपमा राजनीतिमा होमिन लागेको सुनाए ।

उनी विभिन्न सामाजिक गतिविधि र व्यापार व्यवसायमा संलग्न छन् । उनले कान्तिपुर पोल्टी, सकान्तिपुर भेट, कान्तिपुर फार्मास्युटिकल्स ल्याब प्रा. लि. लगायत व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

स्वतन्त्र उम्मेदवार अहिले वैकल्पिक शक्तिका रूपमा प्रस्तुत हुन थालेका छन् । अहिले राजनीतिक दलप्रति देखिएको असन्तुष्टिका कारण स्वतन्त्र उम्मेदवारले मत पाउने विश्वास गरिरहेका छन्।

यसको सङ्केत केही हदसम्म स्थानीय तहको निर्वाचनमा पनि देखिएको छ । काठमाडौं महानगरपालिका सहित केही उपमहानगर र नगरपालिकामा स्वतन्त्र उम्मेदवारको जितलाई राजनीतिक दलप्रतिको वितृष्णाका रूपमा अर्थ्याउने गरिएको छ ।

त्यसैले वैकल्पिक शक्तिका विषयमा चर्चा हुन थालेको छ। पुराना राजनीतिक दल असफल भएकाले नयाँ दल आउनुपर्ने विश्लेषण गरिंदै छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय