पूर्व पश्चिम राजमार्ग अन्र्तगत बाराको अमलेखगंज सडकखण्डमा बिहिबार भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । भरतपुरको चितवन मेडिकल कलेजमा उपचार गराइरहेकी एक बालिका र एक महिलाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १८ पुगेको हो ।
गएराती बारा करैयामाई २ घर भई हाल चितवन भरतपुर १२ बस्दै आएकी १६ वर्षीय प्रितिका चौधरीको नयां मेडिकल चितवनमा र पर्सा बिरगंज १६ नगवा की ६० वर्षीय मालती देवी चौरसियाको नारायणी उपक्षेत्रीय अस्पताल बिरगंगजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवंम् नायव उपरिक्षक राजेश थापाले जानकारी दिए ।
मृत्यु हुने अन्य सबैजनाको सनाखत भइसकेको छ । मुत्युहुनेमा बारा जिल्ला कलैया उपमहानगरपालिका–२ का ४१ वर्षीय लिलाराज चौधरी, चितवन खैरहनी–५ बुडौलीका ६३ वर्षीय नन्द कुमारी पुडासैनी, चितवन कालिका रमाईलो चोक बस्ने शंकर कडेलको छेरा १४ वर्षीय सफल कडेल, पर्सा बिरगंज १६ का ६५ वर्षीयसोम प्रसाद चौरासिया, सोही ठाउकी ३६ वर्षीय मन्निदेवी चौरासिया, मकवानपुर हेटौडा ७ की ५६ वर्षीय शुभलक्ष्मी श्रेष्ठ, सोही ठाउकी १९ वर्षीय सोस्तिका श्रेष्ठ, बारा कलैया १० की ३५ वर्षीय नाजलिन खातुन, बारा जितपुरसिमरा २ का २८ वर्षीय सुरेश बि.क, बारा कलैया १० का २५ वर्षीय ईताजत अंसारी, ओखलढुङ्गाका लाल बहादुर बोगटी, चितवन खैरेनी ५ का ३५ वर्षीय मनोरथ पुडासैनी, गोर्खाकी ३५ वर्षीय अम्बिका कडेल, धनुषा जनकपुर ५ का ५० वर्षीय कोसन्तोष कुमार राय, बारा करैयामाई २ घर भई हाल जिल्ला चितवन भरतपुर १२ की १६ वर्षीय प्रितिका चौधरी, बारा स्वर्ण ७ को ५५ वर्षीय रामआश्रय राय यादव, पर्सा सखुवाप्रसौनी ६ लखनपुर का ५५ वर्षीय गया राउत कम्कर र पर्सा बिरगंज १६ नगवा की ६० वर्षीय मालती देवी चौरसिया रहेका छन ।
चुरेहिल अस्पताल हेटौडामा उपचार भईरहेको घाईतेहरुको नामावली :
जिल्ला बारा जितपुरसिमरा २१ अम्लेखगंजका १८ वर्षीय आर्यन बम्जन र स्याङजा आदिखोला ६ का ४० वर्षीय बस चालक दिप्ती नारायण ढकाल रहेका छन ।
पुरानो मेडिकल हस्पिटल चितवनमा उपचार भईरहेको घाईतेहरुको नामावली:
नामथर बतन नखुलेकी १५ वर्षीय महिला जसको अवस्था गम्भिर रहेको छ, पर्सा बिरगंग १६ की २ वर्षीय साक्षी चौरसिया, सोही ठाँउका ९ वर्षीय दिब्य चौरसिया, ३५ वर्षीय लक्ष्मीया देवी, २२ वर्षीय रबिना चौरसिया, २५ वर्षीय सन्दिप चौरसिया, चितवन खैरहनी ८ का ५४ वर्षीय भिमसेन अधिकारी, सोही ठाँउका ३८ वर्षीय रबिना अधिकारी, १७ वर्षीय सन्देश अधिकारी, १४ वर्षीय सृष्टि अधिकारी, मकवानपुर हेटौडा १४ की ३४ वर्षीय मन्जु कुमारी लोप्चन, ७ वर्षीय सुवानी घिसिङ, १२ वर्षीय बिज्ञान घिसिङ, १४ वर्षीय अमृत लोप्चन, १४ वर्षीय प्रशान्त स्याङ्तान रहेका छन ।
नयाँ मेडिकल हस्पिटल चितवनमा उपचार भईरहेको घाईतेहरुको नामावली:
मकवानपुर जिल्ला हेटौडा १४ की ४४ वर्षीय ठुलि माया लोप्चन, चितवन भरतपुर २२ का २१ वर्षीय आयुष बास्तोला, चितवन राप्ती ८ का ६४ वर्षीय श्रि प्रसाद त्रिपाठी, बारा करैयामाई २ घर भई हाल जिल्ला चितवन भरतपुर म.न.पा. १२ की १६ वर्षीय रितिका चौधरी, चितवन खैरहनी ५ की १८ वर्षीय अस्मिता बानिया रहेका छन ।
गण्डक अस्पताल बिरगंजमा उपचार भईरहेको घाईतेहरुको नामावली:
पर्सा जिल्ला बिरगंज १४ का ३४ वर्षीय अकवर अंसारी, पर्सा पकहा मैन्पुर ४ का २० वर्षीय सन्देश यादव रहेका छन ।
सहकारी अस्पताल हेटौमा उपचार भईरहेको घाईतेहरुको नामावली:
मकवानपुर जिल्ला मकवानपुरगढी ७ बुढिचौरका १६ वर्षीय बिरोज पाख्रिन, सोही ठाँउ बस्ने ५० वर्षीय ललित कुमार पाख्रिन रहेका छन ।
हेटौडा अस्पतालमा उपचार भईरहेको घाईतेहरुको नामावली:
बारा जितपुरसिमरा २२ का ११ वर्षीय शिशिर बि.क., भारतको मोतिहारी जिल्ला पुर्वी चम्पारण घर भई हाल मकवानपुर हेटौडा ४ सिमाचोक बस्ने ४० वर्षीय सन्तोष ठाकुर र सोही ठाँउका ४२ वर्षीय शत्रुधन ठाकुर रहेका छन ।
हेटौडामा उपचारका क्रममा रहेका सन्तोष र शत्रुधनको हातखुट्टामा चोट रहेको छ उनीहरु आफुखुसी भारत घर गएर उपचार गर्ने भन्दै भारत गएका छन ।
बागमती प्रदेश ०६–००१ ख ०११० नम्बरको बस ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको छ । घाइतेहरुको चितवन, हेटौडा र बिरगंजका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।