काठमाडौ । स्वेडेन कस्मेटिक्स ब्राण्ड ओरीफ्लेमको नेपाल स्थित आधिकारिक विक्रेता ए.जी.इन्टरनेशनल प्राइभेट लिमिटेडले व्युटिसियनहरु लाई सम्मान गरेको छ ।
ओरीफ्लेम ले सोमबार काठमाडौमा सेमिनार आयोजना गरेर चर्चित व्युटिसियन कमला श्रेष्ठलाई एडभान्स ग्रुपका अध्यक्ष अरुण कुमार कर्णले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
यसैगरी ओरीफ्लेम मिस युनिभर्स नेपाल २०२२ सोफिया भुजेल, रनर अपहरु र ख्यातिप्राप्त व्युटिसियनहरु सम्मानित भएका थिए ।
व्युटिसियनहरुलाई यस प्रकार को सम्मानले व्युटिसियनहरु प्रोत्साहित हुने एवं सौन्दर्य व्यवसायमा उत्साह बढने सम्मानित कमला श्रेष्ठले बताइन् ।
ओरीफ्लेम अन्तरास्ट्रिय स्तरमा ख्यातिप्राप्त प्राकृतिक सौन्दर्य प्रशाधन हो ।