चितवन: नेपाल फोटो पत्रकार महासंघ बाराका अध्यक्ष दिवाकर भण्डारी चितवनको सौराहमा सम्मानित भएका छन् । महासंघको दोस्रो केन्द्रीय महाधिवेशनको उद्घघाटन समारोहमा पत्रकार भण्डारीलाई सम्मानित गरिएको हो ।बाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनाल र महासंघका केन्द्रीय अध्यक्ष ध्रुव आलेले भण्डारीलाई सम्मान गरेका थिए ।

पत्रकार दिवाकर भण्डारी

फोटो पत्रकार महासंघको स्थापनाकालदेखि नेतृत्वदायी भुमिकामा रहि महासंघलाई स्थापित गराउन अहम भुमिका निर्वाह गरेको भन्दै भण्डारीलाई सम्मान गरिएको हो ।

नेपाल फोटो पत्रकार महासंघका मधेस प्रदेश महासचिव समेत रहेका भण्डारी अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकको बारा संवाददाता र सिमराबाट संचालित इशिलालेख डट कमका संचालक हुन् ।

भण्डारी प्रेस चौतारी नेपाल बाराका अध्यक्ष समेत हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय