प्रभु बैंक लिमिटेड र रौतहटको चन्द्रनिगाहपुर स्थित होटेल तराई इन प्रा. लि. बीच छुट सम्झौता भएको छ । बिहीबार सो सम्झौतामा बैंकका तर्फबाट चन्द्रनिगाहपुर शाखा कार्यालय प्रमुख राजेश पोखरेलर तथा होटेल तराई इन प्रा. लि.का तर्फबाट प्रबन्ध निर्देशक अमुल रानाले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले होटेल तराई इन प्रा. लि. द्धारा सञ्चालित रेस्टुरेन्ट सेवामा १० प्रतिशत र लजिङ्ग सेवामा २५ प्रतिशत छुट प्राप्त हुने शाखा प्रमुख पोखरेलले जानकारी दिए ।

उक्त सम्झौता अन्तर्गत सो होटेलमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा उल्लेखित सेवाहरुमा छुट प्राप्त हुने व्यवस्था मिलाईएको उनले बताए ।

यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय