बाराको निजगढ नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। श्री कृष्ण प्रणामी युवा परिषद् निजगढको आयोजना तथा हेटौँडा सामुदायिक आँखा अस्पतालको सहयोगमा आँखा शिविर गरिएको हो।
निजगढ नगरपालिका–६ सडकटोलमा भएको शिविरमा तीन सय जनाका आँखा परीक्षण भएको थियो। जसमा १९ जनामा मोतियाबिन्दु भेटिएको छ।
शिविरमा दश (१०) महिनाको बालक श्रीजल बन्जारा देखी एक सय एक (१०१) वर्षिय ज्येष्ठ नागरिक कृष्ण बहादुर घलान सम्मले शिविरमा सहभागी भई आँखा परिक्षण गराई लाभ लिएका छन ।
मोतिया बिन्दुको समस्या देखिएका बिरामीको हेटौंडा सामुदायिक अस्पातालमा निःशुल्क रुपमा शल्यक्रिया हुने श्री कृष्ण प्रणामी युवा परिषद् निजगढका अध्यक्ष मोहन सापकोटाले बाटएका छन ।
हेटौंडा सामुदायिक अस्पातालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले प्राविधिक सेवा प्रदान गरेका थिए । उक्त अस्पातलबाट रिना खड्गी, कन्चन चौधरी, मिन बहादुर रोकाय र बर्षा भण्डारीको टोलिले प्राविधिक सेवा प्रदान गरेका थिए ।
शिविरबाट अति गरिब, विपन्न, दलित तथा पछाडि परेका समुदायको नागरिकलाई प्रत्यक्ष लाभ पुगेको आयोजकको भनाइ छ ।
शिबिरमा निजगढ नगरपालिका–६ का वडा अध्यक्ष घनश्याम तिमल्सिना लगाएत स्थानियहरुको समेत उपस्तिथी रहेको थियो ।