नेपाल पत्रकार महासंघ बारा शाखाले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक तर्फ सिफारिस भएका विभिन्न तहका पदाधिकारी, सदस्य तथा साधारण सदस्यहरू विभिन्न राजनीतिक दलबाट उम्मेदवारको सिफारिस भएको प्रति नेपाल पत्रकार महासंघ बाराले आपत्ति जनाएको छ ।

महासंघ बाराका अध्यक्ष रेशम तिवारीको अध्यक्षतामा बसेको बठकले शुक्रबार निर्णय गर्दै महासंघमा आवद्ध पत्रकारहरु बिभिन्न पार्टीबाट प्रतिनिधि र प्रदेश सभामा प्रत्यक्ष तथा समानुपातिक तर्फ सिफारिस भएको प्रति महासंघको ध्यानाकर्ष भएको जनाएको हो ।

विज्ञप्तिमा प्रमुख राजनीतिक दलका विभिन्न तहका कमिटीहरूमा अहिले धमाधम चुनाव हुने वा प्रतिनिधि चयन हुने क्रम जारी रहेको अवस्थामा समाजका विभिन्न क्षेत्रबाट आएका आलोचना तथा टीकाटिप्पणीलाई महासंघ बाराको कार्य समितिले गम्भीर रूपमा लिएको बताएको छ ।

नेपाल पत्रकार महासंघको विधान २०६० (पाँचौँ संशोधन २०७६)ले प्रष्ट रूपमा ‘महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेसम्म कुनै राजनीतिक दलको कुनै पनि तहको विभाग वा समितिमा रही काम गर्न पाउने छैन’ भन्ने कुरा व्यवस्था गरेको छ । राजनीतिक दलको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरेमा समितिले निलम्बन गर्ने र सदस्यता खारेज गर्ने निर्णयसमेत गर्न सक्नेतर्फ ध्यान दिन महासंघ बाराले आग्रह गरेको छ ।

‘कुनै पनि राजनीतिक दलको उम्मेदवारले स्वतन्त्र तथा सन्तुलित पत्रकारिता नहुने कुरा पत्रकारिताको विश्वव्यापी मान्यताभित्रको कुरा अहिले स्मरणीय बनेको छ । महासंघ बाराको विज्ञप्तिमा लेखिएको छ,’ –‘महासंघको कार्यकारी पदमा बहाल रहेको अवस्थामा कुनै राजनीतिक दलकोे चुनावमा उम्मेदवार हुने, प्रतिनिधि चयन हुने कुरा महासंघको विधान तथा पत्रकारिताको विश्वव्यापी मूल्यमान्यताको विरुद्धमा छ ।’

महासंघको विधान, पत्रकार आचारसंहिता तथा स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यतालाई ख्याल गर्दै महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेको अवस्थामा कुनै राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरिरहेको अवस्थामा तथा कुनै राजनीतिक दलको प्रतिनिधि वा उम्मेदवार बनेको अवस्थामा उच्च नैतिकता प्रदर्शन गर्न महासंघ बाराले सम्पूर्ण सदस्यहरुलाई आग्रह गरेको छ ।

दोसीलाई कार्वाहीको दायरामा ल्याउन महासंघ बारा अनुरोध

नेपाल पत्रकार महासंघ बाराका सदस्य जयनारायण यादबको भिडियो विभिन्न समाजिक संन्जाल आएको आलोचना तथा टीकाटिप्पणीलाई महासंघ बाराको ध्यानाकर्षण भएको छ । यादबको भिडियोबारे सत्य तथ्य पता लगाउन जिल्ला प्रहरी कार्यालय बारालाई महासंघ बाराले अनुरोध गरेको हो ।

महासंघ बाराका अध्यक्ष रेशम तिवारीको अध्यक्षतामा बसेको बैठकले यस प्रकरणको निस्पक्ष छानबिन गर्ने प्रहरीलाई आग्रह गर्ने निर्णय गर्दै निस्पक्ष छानबिन गरि दोषीलाई कारबाहीको दायरामा ल्याउनु जिल्ला प्रहरी कार्यालय बारालाई अनुरोध गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय