नेपाली काग्रेस बारामा व्यक्तिवाद र गुटगत मनोवृत्तिका कारण विवाद बढ्दै गइरहेको छ । नेपाली काग्रेसभित्र अहिले चरम गुटबन्दी भइरहेका कारण पार्टीको भविष्य सङ्टकमा परेको काग्रेस नेताहरु बताएका छन् ।
अहिलेको जस्तो अवस्था रहिरहे आगामी दिनमा काग्रेसको भविष्य सङ्कटमा पर्ने र देश नै अराजकतर्फ जाने धारणासमेत नेताहरुको रहेको छ ।
जिल्लामा प्रतिनिधि सभा सदस्य एवं कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरी र अर्का कांग्रेस सहमहामन्त्री फरमूल्लाह मंसुरको दुई गुट छ । मंसुर सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवा गुट नजिक छन भने चौधरी कृष्ण प्रसाद सिटौला गुटका हुन ।
तर बारामा भने कोन्द्रिय गुटको समिकरण भन्दा निकै फरक देखिएको छ । यहाँ व्यक्तिवाद मनोवृत्ति हाबि भएको देखिएको छ । कोन्द्रिय समिकरणमा देउवा गुडमा रहेका राजेश राय यादव यता जिल्लामा भने सिटैला गुटका चौधरीको पछि छन । उता मंसुरले भने देउबा गुडका जिल्ला अध्यक्षबहेकका अन्य घटकलाई साथमा लिएर हिनेका छन ।
चौधरी पक्षमा जिल्ला नेतृत्वटिम रहेकोले मंसुरको पक्षको नेतृत्व वर्गलाई निलम्बन गर्दै आफ्नो पक्षका ब्यक्तिलाई नियुक्ती दिदै मनोमानी ढंगले प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनका लागि नाम संकलन गरेकोले विवाद झन बढ्दै गइरहेको छ ।
सभापति र उपसभापतिको छुट्टाछुट्टै बैठक आआफनै नाम सिफारिस
आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका आकाक्षीहरुको नामावली सिफारिस गर्ने क्रममा नेपाली काग्रेस बारामा विवाद भएको छ । विवादपछि सभापति र उपसभापतिको छुट्टाछुट्टै बैठक बसी आ-आफनै पक्षको नाम सिफारिस गरेका छन् ।
काग्रेसले प्रदेश समितिलाई नामावली सिफारिस गर्ने क्रममा बिवाद भई दुई गुटको छुट्टाछुट्टै जिल्ला कार्य समितिको बैठक बसेर नाम सिफारिस भएको नेपाली काग्रेस बाराका सचिब राजेश रौनियारले बताए ।
एकातर्फ पार्टीका अध्यक्ष राजेश राय यादबले आफु अनुकुलका नाम सिफारिस गरेको देखिन्छ भने अर्को समुहको उपसभापति मनोज भट्टलागाएतका कार्यसमितिले अर्क पक्षको नाम सिफारिस गरेको देखिन्छ ।
अध्यक्ष यादबले प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष तर्फ केन्द्रिय सहमहामन्त्री उमाकान्त चौधरीको एकल नाम सिफारिस गरेको छ ।
उता उपसभापति भट्ट लागाएतका कार्यसमितिले भने सहमहामन्त्री चौधरीको नाम हटाउदै प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष तर्फ विजयशंकर यादब, शम्भु बहादुर बुढाथोकी र शैलेन्द्र कुमार फौज्दारको नाम सिफारिस गरेको छ ।
यसैगरि अध्यक्ष यादबले प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट प्रत्यक्ष तर्फ राधेचन्द्र यादवको एकल नाम सिफारिस गरेको छ ।
उता उपसभापति भट्ट लागाएतका कार्यसमितिले भने राधेचन्द्र यादवको नाम हटाउदै प्रत्यक्ष तर्फ रामअयोध्या प्रसाद यादबको एकल नाम सिफारिस गरेको छ ।
यस्तै अध्यक्ष यादबले प्रतिनिधि सभा क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष तर्फ केन्द्रिय सहमहामन्त्री फरमुल्लाह मंसुरको एकल नाम सिफारिस गरेको छ ।
उता उपसभापति भट्ट लागाएतका कार्यसमितिले भने केन्द्रिय सहमहामन्त्री मंसुरको नाम सहित तिन जनाको नाम पठाएको छ । प्रतिनिधि सभा क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष तर्फ फरमुल्लाह मंसुर, रामानन्द प्रसाद यादव र प्रभात कुमार चौरसियाको नाम सिफारिस गरेको छ ।
यसैगरि अध्यक्ष यादबले प्रतिनिधि सभा क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष तर्फ डा. शोभाकर पराजुली, सुनिल कुमार गुप्ता कलवार, लालबाबु सिंह भूमिहार, कृष्णब्रत सिंह, इच्छा बहादुर वाग्ले र राजेश्वर प्रसाद चौरसियाको नाम सिफारिस गरेको छ ।
उता उपसभापति भट्ट लागाएतका कार्यसमितिले भने प्रतिनिधि सभा क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष तर्फ लालबाबु सिंह मूमिहार, इच्छा बहादुर वाग्ले, कृष्णब्रत सिंह, कपिलदेब प्रसाद यादव र राजेश्वर चौरसियाको नाम सिफारिस गरेको छ ।