नेकपा एमाले बाराले प्रतिनिधिसभा सदस्यका लागि ८ जनाको नाम सिफारिस गरेको छ । चार निर्वाचन क्षेत्र रहेको जिल्लामा ८ जना उम्मेदवारको नाम सिफारिस गरिएको हो ।

बारा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ पुरुषोत्तम पौडेल, अच्यूत प्रसाद मैनाली र मंजु साहको नाम सिफारिस गरेको छ ।

यस्तै क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ बलबीर चौधरीको एकल नाम सिफारिस गरेको छ ।

यसैगरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ ज्वाला साह, अध्यानन्द पाण्डे र एम समिउल्लाहको नाम सिफारिस गरेको छ ।

यस्तै क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ देवनारायण चौधरीको एकल नाम सिफारिस गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय