नेकपा एमाले बारा क्षेत्र नम्बर १ समन्वय समितिको आईतबार बसेको बैठकले संघीय संसद सदस्य निर्वाचनको लागि क्षेत्र नम्बर १ बाट ७ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।
संघीय प्रतिनिधि सभा सदस्य उम्मेदवारहरुको छनौट गर्न कोल्हबीको पर्सौनामा आईतबार भएको बैठकले प्रतक्ष्य र समानुपातिक निर्वाचनको लागि ३/४ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकले प्रतक्ष्यतर्फ पुरुषोत्तम पौडेल, अच्यूत प्रसाद मैनाली र मंजु साहको नाम सिफारिस गरेको छ भने समानुपातिकमा दुर्गा घिमिरे कोइराला, अंजु नेपाली, पलट चौधरी थारु र बद्री प्रसाद भट्टराईको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।