रौतहट । जिल्ला समन्वय समिति रौतहटमा मंगलवार एक खरिदार सरुवा पत्र लिएल हाजिर भए । समितिले मन्त्रालयको पत्रको आधारमा नियम अनुसार खरिदार चिरन आर्चायलाई हाजिर गरायो ।
मन्त्रालयले खरिदार आर्चायको साउन ६ गते सरुवा गरेको थियो । त्यसपछि आर्चायले लोक सेवा आयोगबाट भदौ २ गते रवाना पत्र लिएर रौतहट आए । आर्चायले जिल्ला समन्वय समिति रौतहटमा भदौ ६ गते सोमवार हाजिर गराउन निवेदन दिएपछि कार्यालयले मंगलवार आर्चायको हाजिर गराएको थियो । आर्चाय हाजिर भएको दुई घण्टा नबित्दै उनको सरुवा भएको नयाँ पत्र समितिलाई प्राप्त भयो ।
उक्त पत्रमा आर्चायलाई पुनः संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन २३ गते नै सरुवा गरेको पाईयो तर आर्चायलाई भने मन्त्रालयको निर्णय थाहा नै भएन ।
उनको हाजिर गराएको दुई घण्टा नबित्दै जिल्ला हुलाक कार्यालय मार्फत साउन २३ गतेकै मितिमा खरिदार आर्चायलाई नेपाल विश्व विद्यालय पूर्वाधार विकास तयारी समिति काठमाण्डौमा काज सरुवा गरेको पत्र प्राप्त भएपछी आश्चर्यमा परेको समन्वय समितिका निमित्त कार्यालय प्रमुख जगतप्रसाद साहले बताए ।
मन्त्रालयले झुक्किएर होस् वा जानीजानी ठुलो गल्ती गरेको छ समन्वय समितिका प्रमुख साहले भने हाजिर गराएको दुई घण्टा नबित्दै हुलाक मार्फत पुरानै मितिमा काज सरुवाको पत्र पाए ।
यसरी कार्यालयमा हाजिर भएको १६ दिन अगाडीनै उनको सरुवा भएको रहस्य खुलेको हो ।