काठमाडौँ । काठमाडौँ महानगरपालिकाले काठमाडौँ जिल्ला अदालतलाई नक्सापासको प्रतिलिपि मागेको छ । महानगरले भवनको नक्सापास भएको प्रतिलिपि पठाउन भन्दै पत्र काटेको हो ।
महानगरपालिकाका मेयर बालेन्द्र शाहले बुधबार अदालतलाई पत्र काटेर नक्सा सम्बन्धी विवरण पठाउन भनिएको बताए । उनले अदालतले नक्सा पास नगरेको भए अदालतमा पनि डोजर चलाउने चेतावनी दिएका छन् ।