देवाही गोनाही नगरपालिकाकाले देवाही गोनाही नगर क्षेत्रका करिब ७ हजार बिपन्न तथा गरिब परिवारको ५० युनिट सम्मको बिधुत महसुल नगरपालिकाले तिर्ने भएको छ । देवाही गोनाही नगरपालिकाले कार्यपालिका बैठकबाट नै ५० युनिटसम्मको विद्युत महसुल तिर्ने निणय गरेको हो ।

देवाही गोनाही नगर क्षेत्रका गरिब, विपन्न तथा दलित परिवारको बिजुली बिल नगरपालिकाले व्यहोर्ने नगर प्रमुख साहले बताए । देवाही गोनाही नगरपालिकामा बसोवास गर्ने आर्थिक रुपम कमजोर भएका बिपन्न परिवार, गरिब तथा दलित समुदायहरुलाई ५० युनिटसम्म खपत बिधुत महसुल नगरपालिकाले तिर्ने नगर प्रमुख मुख प्रेमलाल साह कानुले जानकारी दिए ।

प्रेमलाल साह कानु, नगरप्रमुख देवाही गोनाही नगरपालिका

आफ्नो घोषणापत्र अनुसार नै यो कार्यक्रम गरिएको नगर प्रमुख कानुले बताए । निःशुल्क विद्युत योजनाको लाभ लिन स्थानिएले योजना लागुहुने समय भन्दा अगाडीको बिल भुक्तानी गरेको हुनुपर्ने समेत उनले बताएका छन ।

जनताले आफूहरुलाई विश्वास गरेर पाँच वर्षका लागि चयन गरेको भन्दै यो अवधिमा आफूहरुले अब जनताको सुविधाका लागि ध्यान दिने नगर प्रमुख कानुले बताएका छन् ।

नगर प्रमुख कानुले आफू भूमिहीन र निम्न वर्गको परिवारबाट राजनीतिमा आएको भन्दै आफूले पनि निम्न वर्गको जनतालाई सर्वोपरी ठानेर काम गर्ने बताएका छन् ।

५० युनिट भन्दा बढी बिधुत खपत भएको पाइएमा सम्बन्धित व्यक्तिले स्वयं बिल तिर्नु पर्ने देवाही गोनाही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साहले बताएका छन ।

सिकिन्द्र प्रसाद साह, प्रमुख प्रशासकीय अधिकृत देवाही गोनाही नगरपालिका

यो सुविधा लिन मिटर रिडिङ भएलगतै सम्बधित वडा कार्यालय वा नगरपालिकामा बिल जम्मा गराउन नगरपालिकाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय