रौतहट । रौतहटको देवाही गोनाहीमा नगरपालिका गोनाहीमा सुबिधा सम्पन्न नगरस्थरीय अस्पताल संचालनमा ल्याउने तयारी छ । देवाही गोनाहीमा नगरपालिकाको भबन नजिकै घर भाडामा लियर नगरपालिकामै पहिले पटक अस्पताल संचालनमा ल्याउन लागेको हो ।
सामान्य बिरामीका कारण समेत नगरबाहिर गएर उपचार गनुपर्ने बाध्यतालाई अन्त्य गर्न अत्याधुनिक सुबिधा सम्पन्न अस्पताल भदै ७ देखि संचालनमा ल्याउने नगरपालिकाले जनाएको छ ।
अस्पताल संचालनमा आएपछि नगरपालिकाका सबै वडा तथा छिमेकी पालिकाका बिरामीले समृत सेवाको लाभ लिने अपेक्षा गरिएको देवाही गोनाही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साहले बताए ।
नगरका बिपन्न, गरिव र मुख्य ओहोदाका ब्यक्तिलाई केन्द्रित गरी नगरपालिकामै गुणस्तरीय सेवा दिने उदेश्यका साथ नगरपालिकाको वडा नम्बर ८ मा हाल दुई एम.बि.बि.एक चिकित्सकले २४ घण्टा सेवादिने गरि १५ शैयाको बिरामी मैत्री भवन सहितको अस्पताल संचालन ल्याउने तयारी भएको देवाही गोनाही नगरपालिकाका नगरप्रमुख प्रेमलाल साह कानुले बताए ।
अस्पतालमा आधुनिक उपचारका उपकरणहरु भिडियो एक्सरे, डिजिटल एक्सरे, अत्याधुनिक ल्याव, आकस्मिक उपचार कक्ष सहितको प्रसूति सेवा लगायतका सेवा र आफ्नै फार्मेसीसहितका सेवा रहेको नगरपालिकाले जनाएको छ ।