एक जना भारतीय नागरिकले बाराको निजगढ नगरपालिका–१२ मा घर–ठेगाना कायम गरी नेपाली नागरिकता लिएको खुलेको छ ।

भारतको पश्चिम बंगाल, कालिम्पोङ घर भएकी २१ वर्षीया रजनी राईले नेपाली नागरिकता लिएकी हुन् । निजगढ नगरपालिका वडा नम्बर १२ रामथलीका ४६ वर्षीय श्यामराज गोले र ४३ वर्षीया जिरामाया गालेलाई नक्कली बाबु–आमा कायम गरी उनले नेपाली नागरिकता लिएको पाईएको हो । उनले ना. प्र. नं. ३३–२–७९–००५१३ को नागरिकताको प्रमाणपत्र पाएकी छिन ।

गोलेदम्पतीलाई बाबुआमा कायम गरी २३ जेठमा रजनी राईले वडा कार्यालयबाट जन्मदर्ता बनाएका थिइन । भने भोलिपल्टनै वडा कार्यालयबाट आएको सिफारिसको आधारमा रजनीलाई ईलाका प्रशासन कार्यालय सिमराबाट नागरिकता दिएको हो ।

वडा कार्यालयले स्थानीय गोलेदम्पतीलाई बाबुआमा कायम गरी उनीहरुको छोरी भन्दै राईलाई नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराउन ईलाका प्रशासन कर्यालय सिमरामा गत जेष्ठ २४ गते सिफारिस पठाएको थियो । यसअघि वडा कार्यालयले जेष्ठ २३ गते युवतीको जन्मदर्ताको प्रमाणपत्र तयार पारेको थियो ।

नक्कली आमा बनेकी जिरामायाले वडाध्यक्ष ज्ञान बहादुर गोले बिचको सेटिङमा रकमको लेनदेन गरी जन्मदर्ता बनाएको र त्यसकै आधारमा नेपाली नागरिकताको सिफारिस गरिएको स्थानियले आशंका गरेका छ । वडा कार्यालयको रजिस्टरमा राईको जन्म मिति १५ फागुन २०५८, दर्ता नम्बर २०५८१११५०४६४९ उल्लेख छ ।

रजनीले नेपाली नागरिकताको प्रमाणपत्र बनाएको भेलिपल्ट नै काठमाण्डौंबाट राहदानीसमेत बनाएर लिएको बताइएको छ ।

राईको बुबाआमा बनेका श्यामराज र जिरामाया सोही वडाको नेपाली कांग्रेशको वडा पार्टी सभापति सोनाम सिं गोलेका भाइ र बुहारी हुन । दार्जिलिङ्गमा रहेका नातेदारहरु मार्फत नक्कली विवरण तयार पारेर राईलाई नेपाली नागरिकताको प्रमाणपत्र बनाउन गोले परिवारले सहयोग गरेको बताइएको छ ।

जिरामायाकै सनाखतमा नागरिकता बनाएर रजनीले पुनः राष्टिय परिचय पत्र र राहदानी समेत बनाउन उनी सफल भएकी बताईएको छ ।

वडा कार्यालयबाट आएको सिफारिसको आधारमा रजनीलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको र हाल वडा कार्यालयले नागरिकता रद्द गर्न अर्को पत्र पठाएपछि सो बारेमा छानबिन सुरु गरिएको ईलाका प्रशासन कार्यालय सिमराका प्रशासकीय अधिकृत मोहनप्रसाद अर्यालले बताए । उनले नक्कली आमा र बुबा बनेका दुबैजना र वडा अध्यक्ष गोलेलाई पनि सोधपुछको लागि कार्यालयमा उपस्थिति गराउन प्रहरीमार्फत बोलाइएको जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक संजिव ओलीले नक्कली आमा-बुबा बन्नेहरु हाल फरार रहेको र खोजी कार्य भइरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय