अनाथ तथा असाहय बालबालिकाको नाममा ठगी धन्दामा गरेको पाईएको छ । बाराको निजगढ नगरपालिका ७ मा रहेको संयुक्त नेपाल अनाथ तथा असाहय बालबालिका समाजले ठगी धन्दा गर्दै आएको पाईएको हो ।

अनाथालयको नाममा सहयोग माग्दै ठगी गरेको आरोपमा बारामा प्रहरीले एकजना पक्राउ गरेपछि ठगी भएको खुलेको हो । प्रहरीले जिल्लाको निजगढ नगरपालिका–७ मा संचालित रहेको अनाथालयका संचालक बताउने मनहरी गाउँपालिका–७ घर भएका २८ वर्षीया पासाङ रुम्बा पक्राउ परेका हुन् । पक्राउ रुम्बाबाट संयुक्त नेपाल अनाथ तथा असहाय बालबालिका समाजको सहयोग रसिद समेत फेला परेको छ ।

समाजले रोजगरी दिने भन्दै बिभिन्न शहरका किशोरीहरुलाई प्रयोग गरेर नेपालका बिभिन्न सहर बजारबाट रकम संकलन गर्न लगाउने कार्यमा संलग्न भएको भन्दै ईलाका प्रहरी कार्यालय निजगढले रुम्बालाई पक्राउ गरेको हो ।

कर्मचारीको रुपमा भर्ना गरिएका बारा निजगढ नगरपालिकाका २ सहित ८ जना किशोरीहरुलाई विभिन्न जिल्लामा पठाएर रुम्बाले अनाथ बालबालिकाको सहयोगको लागि भन्दै रकम संकलन गर्न लगाउने र सो रकम आफन्तको नाममा पठाउने गरेको प्रहरीले बताएको छ ।

संयुक्त नेपाल अनाथ तथा असाहय बालबालिका समाजमा कर्मचारी आवश्यता रहेको जानकारी पाएपछि करिब २ महिना अगि सुनसरी, रामधुनी नगरपालिका २ की मनिसा कार्की मासिक १५ हजार तलब दिने शर्तमा यस संस्थामा आबद्ध भईन ।

‘बस्न खान दिएर मासिक १५ हजार दिने भनि यनजियोमा कर्मचारी माग भएको सुचना अनुसार म यस संस्थामा आबद्ध भएको थिए तर हामीलाई प्रयोग गरेर अनाथ तथा असाहय बालबालिकाको नाममा संकलन भएको रकमको दुरुप्रयोग भएको रहेछ । ’ उनले भनिन्न् ‘हामीलाई दैनिक २१ सय रुपैया संकलन गर्न लक्ष्य दिएको थियो र यो संकलन भएको रकमले अनाथ तथा असाहय बालबालिकालाई पठाउने, अनाथालय बनाएर राख्ने भन्दै रकम संकलन गर्न लगाउदै आएका थिए तर हामीलाई झुक्काएर ठगी गरेको प्रहरीले संचालकलाई पक्राउ गरेपछि बल्ल मैले थाहा पाए ।’

किशोरीहरुलाई मासिक १५ हजार रुपैया तलब दिने शर्तमा एक महिनाअघि संस्थामा भर्ना गरिएको थियो । उनीहरुलाई संस्थाको नाम र लोगो अंकित पोसाक र परिचय पत्र समेत प्रदान गरिएको छ । संस्थाको गतिविधि बारे शंकालागेपछि किशोरीका अभिभावकहरुले दिएको सूचनाको आधारमा प्रहरीले कार्यालयमा छापामारेर कागजातसहित रुम्बालाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सन्जिव ओलीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय