बाराको निजगढ नगरपालिका–८ बजारमा रहेको जिल्ला कभर्ड हल निजगढ तेक्वान्दो डोजाङ्गको संरचना स्तरोन्नती निर्माणमा अनियमिता भएको आशंका गरिएको छ । तेक्वान्दो खोलाडीका निम्ती अभ्यास सञ्चालनका लिगि कभर्डहल स्तरोन्नतीका निम्ती मधेश प्रदेश सरकारले ३९ लाख दिएको थियो तर समयमै कार्य सम्पन्न नहुनेभए पछि समितिले २० लाख ५६ हजार ७ सय ५० रुपैयाँको लागतमा तेक्वान्दो कभर्डहल स्तरोन्नती निर्माण गरिएको बताएको छ ।
अनुमानित लागत २० लाख ५६ हजार ७ सय ५० रुपैयाँमा प्याराफिट निर्माण २ लाख ८ सय ९९ रुपैयाँ, पार्किङ्ग ट्रस निर्माण ४ लाख ९४ हजार ९ सय ७७ रुपैयाँ, ट्वाईलेट निर्माण ७ लाख ६८ हजार २ सय ७३ रुपैयाँ, कार्पेट ८५ हजार ७ सय ९९ रुपैयाँ, लाईट २२ हजार ५ सय २६ रुपैयाँ, ए.सी १ लाख ३८ हजार, रंग रोगन (पेन्टस) २९ हजार ८ सय ७८ रुपैयाँ, फल सिलिङ्ग ९२ हजार ७ सय ३ रुपैयाँ, प्लम्बिङ्ग ३५ हजार ८ सय ४१ रुपैयाँ र श्रमदान १ लाख ८७ हजार ८ सय ५० रुपैयाँमा निर्माण भएको दाबि गरिएको छ । तर समितिले भने निर्माणनै सम्पन्न नगरी प्राविधिक ईष्टमेट बमोजिम निर्माण कार्य सम्पन्न भएको सार्वजनिक सुनुवाई गरिएको सुचना टास गरेसंगै अनियमिता भएका पाइएको हो ।
२०७८/२०७९ मा प्रदेश सरकारबाट विनियोजित रकमबाट तेक्वान्दो कभर्डहल स्तरोन्नती उपभोक्ता समितिद्धारा निर्माणनै सम्पन्न नभई निर्माण सम्पन्न भएको सूचना पाटी टास गरेपछि मात्रै आफुले तेक्वान्दो कभर्डहल स्तरोन्नतीका निम्ती बजेड आएको थाहा पाएको जिल्ला कभर्ड हल निजगढ तेक्वान्दो डोजाङ्ग समितिका सदस्यले बताए ।
कभर्ड हलमा दुईवटा ट्वाईलेट निर्माणमा ७ लाख ६८ हजार २ सय ७३ रुपैयाँ खर्चमा निर्माण सम्पन्न भएको भनिएको भएतापनि ट्वाईलेटको घोराबारा बाहेका केही भएको छैन ।
यस्तै, प्याराफिट निर्माण २ लाख ८ सय ९९ रुपैयाँ खर्चमा निर्माण सम्पन्न भएको भनिएको भएतापनि प्याराफिटको नाममा प्लास्टर गरेको पाईएको छ र ८५ हजार ७ सय ९९ रुपैयाँको कार्पेट त्यहीँ प्लास्टरको आवरणलाई लुकाउन प्रयोग गरेको बताईएको छ ।
यसैगरी, सो कभर्ड हलमा लाईट रहेको तर हाल निर्माण नभई कभर्ड हलमा निर्माणकै बेलामा रहेको लाईट रहेको बताईएको छ । लाईटमा भने २२ हजार ५ सय २६ रुपैयाँ खर्च भएको समितिको दाबि छ ।
समितिले ए.सी १ लाख ३८ हजारमा ए.सी किनेको बताएको छ तर त्यो ए.सी तेक्वान्दो अभ्यास गर्ने खोलाडीका निम्ती नभएर कुनै एक कोठामा रहेको बताईएको छ ।
‘तेक्वान्दो खोलाडीका निम्ती अभ्यास सञ्चालनका लिगि कभर्डहल निर्माण गरिएको हो । सत्य भन्ने हो भने यहाँ धेरै गर्मी छ । ए.सी अभ्यास गर्ने खोलाडीलाई प्राथमिकता हुनुपर्ने हो,’ एक तेक्वान्दो खोलाडीले भने, ‘तर कोठामा लगेर राखेको सुनेको छु ।’
यस्तै कभर्ड हलमा रंग रोगन भएको कतै देखिदैन न कतै फल सिलिङ्ग प्रयोग भएको देखिन्छ न प्लम्बिङ्गको काम भएको नै छ तर रंग रोगन (पेन्टस)मा २९ हजार ८ सय ७८ रुपैयाँ, फल सिलिङ्गमा ९२ हजार ७ सय ३ रुपैयाँ र प्लम्बिङ्गमा ३५ हजार ८ सय ४१ रुपैयाँ खर्च भएको समितिले सार्वजानिक सुचना टास गरेको छ ।
समितिले निमार्ण गरेको र सम्पन्न भएको देखिएको भनेको पार्किङ्ग ट्रस हो । यो कभर्ड हलको पुर्बतर्फ छ जसको लागत ४ लाख ९४ हजार ९ सय ७७ रुपैयाँ रहेको छ । त्यसबाहेक समितिले श्रमदानमा १ लाख ८७ हजार ८ सय ५० रुपैयाँमा खर्च भएको जनाएको छ ।
यता तेक्वान्दो कभर्डहल स्तरोन्नती उपभोक्ता समितिका अध्यक्ष प्रेम लामाले मधेश प्रदेशका प्राविधिकको निदेशनमा हाल काम रोकिएको बताए ।
‘हामीले निर्माण सम्पन्न भएको सुचना पाटी सार्वजनिक सुनुवाई गरेको अनुसारको रकम भक्तानी भएको छ,’ अध्यक्ष लामाले भने, ‘खासमा ३९ लाखको बजेट हो तर पुरा हुन सकेन र हामि संग समय पनि भएन असार अन्तिम सम्ममा भुक्तानी लिनुपर्ने थियो र प्रदेशका प्राविधिकले समेत निमार्ण नगर्न निदेशन दिएको हुदाँ आधा काम भएको हो ।’
कामनै सम्पन्न भएको होईन हामीले असार मसान्त भित्रमा भुक्तानी लिनु पर्ने भएकाले हाल यसको भुक्तानी प्रदेश सरकारबाट निकासि गराएको हो । हामी स्टमेट अनुसारको काम सम्पन्न गरेर मात्र व्यवस्थापन समितिलाई हस्तान्तरण गर्रछौं अध्यक्ष लामाले भने ।
यता स्थानियले तेक्वान्दो कभर्डहल स्तरोन्नतीको निर्माणमा समेत गुणस्तरीय कार्य नभएको र आधा काम गरेर निर्माण सम्पन्न भएको भन्दै मधेश प्रदेशका कर्मचारीलाई आफूअनुकूल बनाई भुक्तानी लिएको आरोप लगाएका छन । उनीहरुले सम्झौतामा भनिएको अनुसार काम नभएको र निर्माणको नाममा आर्थिक चलखेल भएको बताएका छन ।