रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर १ स्थित रहेको नुनथर बागमती खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा दुईजनाको मृत्यु भएको छ । रौतहटको नुनथरमा घुम्न आएका भारतीय नागरिकलाई नुनथर बागमती खोलाले पौडी खोल्ने क्रममा बगाउँदा दुईजनाको मृत्यु भएको हो ।
भारतको सितामडीबाट बिआर ०१ एसफ ६६१९ कारबाट शनिबार रौतहटको नुनथरमा घुम्न आएका तीनजना भारतीय नागरिकलाई खोलामा पौडी क्रममा खोलाले बगाएको थियो । खोलामा पौडी क्रममा भारतको सितामडी जिल्ला कोटबजारका २७ वर्षीय सुमन साह, ३१ वर्षीय मयक अग्रवाल र ३० वर्षीय गोलु कुमारलाई खोलाले बगाएको थियो ।
खोलाले बगाउने क्रममा स्थानीयले थाहा पाएलगतै साहलाई बचाउन सफल भएका थिए भने अग्रवाल र कुमारलाई खोलाले बगाएको थियो ।
बेपत्ता भएका दुईजनाको शव आइतबार दिउँसो फेला परेको प्रहरीले पुष्टि गरेको छ । मृतकका आफन्त प्रहरी सम्पर्कमा आएका छन् ।
खोलामा पौडी खेल्न क्रममा बेपत्ता भएपछि इलाका प्रहरी कार्यालय रौतहट र नुनथर प्रहरी चौकी र सशस्त्र प्रहरी बलको टोलीले खोजतलास गर्दा चन्द्रपुर र वृन्दावन नगरपालिकाको सीमामा सोही बागमती खोलामा अग्रवाल र कुमार मृत फेला परेका हुन् ।
मृतक शवको कानुनबमोजिम मुचुल्का उठाई थप अनुसन्धान कार्य भइरहेको छ भने शवलाई पोस्टमार्टमका लागि चन्द्रपुर नगरपालिका लगिएको छ ।