बाराको पचरौता नगरपालिका वडा नम्बर ५ बेल्दारीमा मुस्लिम समुदायकी एक महिलालाई बोक्सी आरोपमा दुव्र्यवहार गर्नुको साथै कुटपिट गरिएको छ ।

जिल्लाको पचरौता नगरपालिका वडा नम्बर ५ निवासी ओसी अख्तर अंसारीकी श्रीमति वर्ष ३५ की जयदा खातुनमाथि दुव्र्यवहार तथा कुटपिट गरिएको पिडीत जयदा खातुनले जानकारी दिईन ।

पिडीत अंसारीको खेतबाट माटो निकालेर लैजाने प्रयास गरेको र रोक्न खोज्दा उल्टै बोक्सी भनेर स्थानीय नसुर्दिन मिया अंसारी, फुलमहमद अंसारी, तबरेज अंसारीसहितको समुहले खातुनमाथि कुटपिट र दुव्र्यवहार गरेको पिडीत महिलाले बताईन ।

उनीहरुले खातुनलाई कपाल मुन्डन गर्न लगाएर कुटपिट गरि गम्भीर घाइते बनाएका छन । खातुनलाई जोगाउन गएकी उनकी भाउजू सकिना खातुन समेतलाई कुटपिट गरी घाइते तुल्याइएको छ ।

घाइते दुबै जनाको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले बोक्सी आरोपमा कुटपिट गरि घाइते बनाएको घटनाका दोषिलाई नियन्त्रणमा लिएर कारबाही गरिने बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय