Black and white of Drowning victims Hand of drowning man needing help. Failure and rescue concept.

बारामा छुट्टाछुट्टै स्थानमा रहेको पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।

घर नजिकैको पोखरीमा नुहाउन गएका बाराको कलैया उपमहानगरपालिकाका एक बालकको डुबेर मृत्यु भएको छ । बुधबार कलैया उपमहानगरपालिका-१६ मझौलिया टोल बस्ने मजबुलाह अंसारीको ९ वर्षीया छोरा यस्तफा अंसारीको पोखरीमा डुबेर मृत्यु भएको स्थानीयवासीले जानकारी दिए।

घरबाट करिब ४,५ जना साथीहरुसँग पोखरीतर्फ निक्लेको आधा घण्टामै बालक पोखरीमा डुबेको खबर आएको र बालकलाई स्थानियहरु निकाली उपचारको लागि प्रादेशिक अस्पताल कलैयामा पठाएको र बालकको उपचारको क्रममा अस्पताल मृत्‍यु भएको प्रहरिले जनाएको छ ।

यस्तै कोल्हबी नगरपालिका ११ बेलावा टोल बस्ने बिरनाथ चौधरिको घर भन्दा कारीब पाच सय मिटर पश्चिममा रहेको आफ्नै पोखरिमा डुबेर मृत्‍यु भएको छ । घरबाट घास काट्न भनी गएका उनी अबेर रातसम्मा घर नआए पश्यात उनको खोजी गर्ने क्रममा उनलाई उक्त पोखरीमा डुबेर मृतावस्थामा भेटेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।

उनी मृत्‍यु कसरी भयो भन्ने बारेमा अनुशन्धान भाईरहेको जिल्ला प्रहरी कार्यालयले बाराका प्रबक्ता तथा  प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय