रौतहटको फतुवा बिजयपुर नगरपालिकामा पुनः नेपाली काँग्रेस विजयी भएको छ । नेपाली काँग्रेसको तफबाट पुनः प्रमुखमा गोपाल राय यादव र उपप्रमुखमा अमवेया खातुन निर्वाचित भएकी छन् ।
रौतहटको फतुवा बिजयपुर नगरपालिकामा नेपाली काँग्रेसका गोपाल राय यादवले नेकपा एमालेका बिजय यादबलाई १ हजार ४ सय ९० मतान्तरले पछि पार्दै मेयर पदमा विजयी भएका हुन् ।
नवनिर्वाचित नगर प्रमुख (मेयर) गोपाल राय यादवले ४ हजार ८ सय ५१ मत पाउँदा बिजय यादबले ३ हजार ३ सय ६१ मत पाएका छन् ।
यस्तै, उपमेयरमा पनि नेपाली काँग्रसका उम्मेदवार रहेकी खातुनले एमालेकी कान्ती देवीलाई १ हजार ४ सय ९४ मतान्तरले पछि पार्दै उपमेयर पदमा विजयी भएकी हुन् । खातुनले ५ हजार १ सय ६२ मत प्राप्त गर्दा देवीले ३ हजार ६ सय ६८ मत प्राप्त गरिन् ।
यो सगै नेपाली काँग्रेसले रौतहटमा सात पालिकामा जित हात पारेको छ ।