बारा । नेकपा माओवादी केन्द्रका उम्मेदवार राजन पौडेलले चुनाव जित्नकै लागि नेकपा एमालेकी उम्मेदवार सरस्वतीदेवी चौधरीमाथी निरन्तर तथ्यहिन प्रहार गर्न लगाएको तथ्य खुलेको छ । आफ्नो पार्टी निकटका केही संचारगृह र पत्रकार प्रयोग गरेर माओवादीका उम्मेदवार पौडेलले महिला उम्मेदवार चौधरीको चरित्र हत्या गरेर जनमत बटुल्न सक्रिय रहेको खुलेको हो ।
माओवादीका उम्मेदवार पौडेलले माओवादी निकट पत्रकालाई विषय दिएर समाचार लेख्न र त्यसलाई सम्प्रेषण गर्न लगाउने गरेको बताइएको छ ।
एमाले उम्मेदवार चौधरीलाई अख्तियारले सोधपुछका लागि पठाएको पत्र समाचार र सामाजिक संजालमा ल्याएर मत बटुल्ने पौडेलको प्रयासलाई नगरबासीले रुचाएका छैनन् । अर्को उम्मेदवारको चरित्र हत्या गरेर आफ्नो पक्षमा जनमत बटुल्न थालेको भन्दै पौडेललेको चौतर्फी आलोचना हुन थालेको छ ।
निष्पक्षरुपमा आफ्नो एजेण्डा लिएर चुनावमा जानुपर्ने भएपनि माओवादीका उम्मेदवार पौडेल एमालेका उम्मेदवारको चरित्र हत्या गर्ने र आफ्नो मत बढाउने रणनितिमा लागेको चर्चा स्थानीय स्तरमा भईरहेको छ ।
यसअघि सामाजिक संजालमा आएको एउटा भिडियोमा माओवादीका उम्मेदवार पौडेलले वर्तमान नगर प्रमुख डा. कृष्ण पौडेललाई असफल बनाउन नगर प्रमुखकी उम्मेदवार चौधरीसहित एमाले नेता लागिपरेको अभिव्यक्ति दिएका थिए । पौडेलको उक्त अभिव्यक्ति एमालेभित्र फूट गराउने र आफ्नो पक्षमा मत बटुल्ने प्रयास रहेको एमाले नेता बताउछन् ।
माओवादी उम्मेदवार पौडेलमाथी एमालेको स्थानीय सरकारलाई असफल बनाउन प्रमुख भूमिका खेलेको आरोप लागेपछि उनले आफ्नो बचाउ गर्दै एमाले नेतालाई दोषी देखाएका हुन् । यसअघि मत माग्ने क्रममै माओवादीका उम्मेदवार पौडेलले वडा नं. ३ मा खानेपानीको योजना माओवादीको मन्त्रीको पहलमा भएको भन्दै मत मागेका थिए । मत माग्ने क्रममा पौडेलले बोलेको उक्त अभिव्यक्ति पनि झुठो रहेको भन्दै स्थानीयस्तरमा उनको चर्को आलोचना सुरु भएको छ ।