बारा । जीतपुरसिमरा उपमहानगरपालिकाको मेयर पदमा यतिबेला त्रिपक्षीय प्रतिस्पर्धा छ । उपमहानगरपालिकाको मेयर पदका लागि नेकपा एमालेबाट सरस्वतीदेवी चौधरी, नेकपा माओवादी केन्द्रबाट राजन पौडेल, लोकतान्त्रिक समाजवादी पार्टीबाट सञ्जय साह उम्मेदवार बनेका छन् ।

उम्मेदवारमध्ये एमालेबाट उम्मेदवार बनेकी चौधरी बलियो उम्मेदवार हुन् । उपमहानगरपालिकाको उपप्रमुख भएर एक कार्यकाल अनुभव बटुलेकी मेयर पदमा निर्वाचित हुने बलियो आधारसहित मतदातामाझ पुगिरहेकी छिन् ।

उनले अघिल्लो कार्यकालमा बनाएर पूरा हुन नसकेका योजनालाई निरन्तरता दिदै थप नयाँ योजना आफ्नो घोषणापत्रमा समेटेकी छिन् । घोषणापत्रमा समेटिएका योजनालाई प्राथमिकताका साथ कार्यान्यवन गर्ने प्रतिबद्धतासहित मतदातामाझ पुगेकी चौधरीको सम्भावना अधिक रहेको जीतपुरसिमराका नगरबासी बताउछन् ।

मेयरकै अर्का उम्मेदवार पौडेल समर्थक भने अख्तियारले सोधपुछका लागि उपप्रमुख चौधरीलाई बोलाउन सात महिना अघि लेखेको पत्र देखाएर भोट मागिरहेका छन् । अख्तियारको पत्र देखाएर भष्ट्राचार गरेको पुष्टि भएझै चौधरीको चरित्र हत्या गरेर माओवादी समर्थकले भोट भाग्न थालेपछि नगरबासी रुष्ट देखिएका छन् ।

महिला उम्मेदवारविरुद्ध सामाजिक संजालमा तथ्यहिन र भ्रम पार्ने पत्र राखेर माओवादी समर्थकले भोट माग्नु गलत रहेको जीतपुरसिमरा २ कि सरिता पौडेलले बताईन् । चौधरीको बलियो उम्मेदवारका रुपमा अघि बढ्न थालेपछि माओवादीले जनतालाई भ्रमित पार्न खोजेको स्थानियको भनाई छ ।

मेयर उम्मेदवार चौधरीले पनि अख्तियारको पत्रको विषयमा यसअघिनै स्पष्ट पारिसकेकी छिन् । चौधरीका अनुसार अख्तियारको उक्त पत्र सामान्य जानकारीका लागि मात्रै थियो । कार्यालयसंग जानकारी लिएपछि उक्त पत्रको औचित्य सकिएको चौधरीको भनाई छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय