घरदैलो गर्दै ठुलो देकुली पुगेका थियौ बाहालवाल उपाध्यक्षलाई महिलाहरुले घेरे । सोलार बत्ती जडान गर्ने बेलामा उपाध्यक्षले “ए चाची भोट कौना छापमे देलेरहलु बताव तवे सोलार मिली” भनेर भनेको भन्दै स्थानीय महिलाले निकै बिरोध गरे ।
भोट हाल्नेलाई मात्र सेवा दिने यस्तो मान्छे अहिले किन आएको भन्दै प्रश्न गर्न थाले । सानो देकुलीमा गयौ एक जना बृद्ध बुवाले पाँच वर्षमा के गर्यौ भनेर सोध्नु भयो । उपाध्यक्ष ममता महतोले उप त चुप हो केही अधिकार छैन भन्दै पन्छिन खोजीन तर स्थानीयले र्याखर्याख्ती पारेपछि माफी मागीन ।
उपाध्यक्ष ममता महतोलाई कसैले केही सोध्न नहुने । एक पटक रोडमै सोधेर मेरो इज्जत लिने भनेर हप्काएका महिलाको घरमा पुगे पछि ति महिलाले रोडमै नमस्ते गर्दै आउदा इज्जत गएन भनेर प्रश्न गरिन ।
रामपुरमा त्यस्तै भयो त्याहा त स्थानीयले फोहर गाली गरे । पैसा लिएर ऐलानी जग्गाबाट एक परिवारलाई हटाएको भन्ने बिषय थियो । पटेर्वा सुगौली गाउँपालिकामा ३६ ओटा टोल छन धेरै टोेलमा ममता महतोबाट नाखुश धेरै देखियो ।
माथि उल्लेखीत अवस्थाहरु हामीलाई पटेर्वा सुगौली गाउँपालिकामा जसपाबाट उपाध्यक्षका प्रत्यासी अशमोहिनी चौधरीले बताएकी हुन । उम्मेदवारी दर्ता गर्ने दिन सम्म चौधरी नेपाली कांग्रेसको अभियानमै सरिक थिइन ।
पार्टीले टिकट नदिएपछि बिद्रोह गरे उनले भनिन “जनताले नै नरुचाएको मान्छेलाई टिकट दिएर अरुको योगदान र लगानीलाई अपमान गरिएकोेले बिद्रोह गर्न बाध्य भइयो ।”
घरदैलोमा सहभागि पालिकाका अध्यक्षका उम्मेदवार दिनेश चौधरी र अन्य नेताले घरदैलोमा निर्वतमान उपाध्यक्ष ममता महतोको कारण प्राप्त प्रतिक्रियाले सबैलाई चुनावमा समस्या आउने भन्दै नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरी समक्ष ममतालाई नदोहर्याउन र अशमोहिनीलाई उम्मेदवार बनाउन प्रस्ताव राखेको उहाँ सम्झिनु हुन्छ ।
तर नेता चौधरीले ममताका खिलाफमा बोलेको सुन्नै नचाहेको प्रतिक्रिया आयो । नेता चौधरीले जिल्ला सचिव समेत रहेका दिनेश चौधरीर र अर्का नेता चन्द्रकिशोर चौधरीलाई समेत मन लागेको गर्नु म पनि चुनाव लडदिन भने घुर्क्याएको चौधरीले सुनाउनु भयो ।
अशमोहिनीलाई चिन्नेहरु “लेडी टाइगर” भन्छन । आँट हिम्मत र साहासयुक्त चौधरी बेथितिका बिरुद्ध शुरुदेखी नै बिद्रोही स्वाभावकी हुन । उनको परिवारका बुवा ठुलो बुवा सबै नेपाली कांग्रेसमा संगठीत छन । पटेर्वा सुगौली गाउँपालिकाको वडा न. ४ फरदवा निवासी चौधरीले आफनो परिवारको लगानी र योगदानका कारण पनि यस पटक पार्टीले आफूलाई टिकट दिनु पर्ने माँग गरेकी थिइन ।
तर उनले जनतामा निकै आलोचित ममता महतोलाई दिकट दिइनुलाई निको मान्न सकिनन । बाउ बाजेले पनि पार्टीकालागि काम गरे हाम्रो पुस्ता पनि लागिरहयो तर टिकट निकटवर्तीले पाए । सुरेन्द्र चौधरी र अशमोहिनी एकै वडाका बासिन्द हुन । जनस्वास्थ्यमा स्नातक ,शिक्षामा स्नातक हेल्थ असिस्टेन्ट र अहिले मास्टर अध्ययनरत चौधरी जनसेवामा समर्पित यवा प्रतिनिधि हुन ।
चौधरीले गाउँघरका स्वास्थ्य समस्यामा परेका सबैलाई रातबिरात हरेक समयमा सहयोग गर्दै आएकी छिन । उपाध्यक्षको रुपमा प्रतिस्पर्धा गर्दै गर्दा चौधरीले छोरी शिक्षालाई उच्च प्रथामिकता दिएकी छिन । उनले सुरक्षीत वतावरणमा छोरीलाई शिक्षा दिनकालागि कन्या माध्यामिक बिद्यालय संचालन गर्ने आफनो एजेण्डा अगाडि सारेकी छिन ।
पटेर्वा सुगौलीलाई पर्यकटी केन्द्र बनाउन धार्मिक तथा सांस्कृतिक उत्थानको काम गर्ने योजना बनाएकी छिन । दीगो बिकासमा उनले ध्यान दिने बताएकी छिन । चौधरीको उम्मेदवारीले नेपाली कांग्रेसको उम्मेदवारलाई सकसमा ल्याइदिएको छ ।
उनले नेपाली कांग्रेसको मत काट्ने देखिन्छ । चौधरीले आफू भने निर्वाचन जित्ने बिश्वास ब्यक्त गर्छिन ।