बारा । बाराको निजगढ नगरपालिका वडा नम्वर १० लालमा धारिलो हतियार प्रहारबाट एक युवा घाइते भएका छन् । बकैया गाउपालिका १ घर भएका कान्छामान बोम्जनका १२ वर्षीय छोरा रोशन बोम्जनलाई आईतवार बिहान कारीब ४ बजे धारिलो हतियारले टाउकोमा प्रहार गरी घाइते बनाइएको प्रहरीले बताएको छ ।
बकैया गाउपालिका १ घर भएका रोशन बोम्जन लालमा आफ्नु आफन्त अंशु बोम्जनको घरमा बस्दै आएका थिए । गर्मीका कारण बोम्जन बाहेक घरमा भएका अन्य वक्ती घर बाहिर सुतिरहेको अवस्थामा एक अपरिचित व्यती आफुलाई गढी गाउपलिका १ घर बताउने अन्दाजी बर्ष ३८ का सुमन थिङ रातको करीब १ बजे सो स्थानमा आएको र स्थानिए सँग चुरोट मागेर खाएका स्थानिएले बताए ।
बिहानको करिब ४ बजेको समयमा बोम्जन सुतिरहेको कोठामा प्रबेश गरी थिङले घरेलु हतियार खुर्पाले घाटी रेट्ने प्रयास गर्दा बालक बोम्जनले प्रतिकार गरेका थिए ।
प्रतिकार गर्ने क्रममा बोम्जनले बच्चाउका निम्ती गुहार गरेपची स्थानिए आएर बोम्जनलाई बच्चाउन सफल भएको स्थानिएले बताए । बोम्जनले आफ्नु रक्षाका निती आफुसँग रहेको सिरकले आफ्नु शरीर ढाकेको र ति अपरिचीत व्यक्तिले खुर्पाले जथाभबी प्रहार गर्दा बोम्जनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
थिङलाई नियन्त्रणमा लिएको र घटनाको विषयमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक संजिब ओलीले जानकारी दिए ।
बालकको हाल निजगढ ८ स्थीत निजगढ नेशनल हस्पिटलमा उपचार भईरहेको छ ।