बारा । आगामी ३० गते हुने स्थानिय तह निर्वाचनका लागि उमेदवारको मनोनय दर्ता गर्ने दिन नजिकिएसँगै राजनितिक दलहरुलाई बारा जिल्लाका विभिन्न स्थानीय तहमा उमेदवार टुङ्गो लगाउन हम्मे परेको छ । आकंक्षीको संख्या धेरै हुँदा मुख्य राजनैतिक दलहरुलाई उम्मेदवार टुङ्ग्याउन समस्या देखिएको हो ।

यसैबीच बाराको जितपुरसिरा उपमहानगरपालिकामा दलहरुको सर्गर्मी बढेको पाईएको छ ।

जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकामा ५ दलीय गठबन्धनले मेयर पद माओवादी केन्द्रलाई दिने मनसाय बनाएको देखिएपछि काँग्रेसभित्र विरोध सुरु भएको छ ।

काँग्रेस एक्लै चुनाव लड्न र जीत्न सक्ने अवस्थामा रहेको भन्दै काँग्रेस नेताहरुले औपचारिक रुपमै गठबन्धन स्विकार नगर्ने बताएका छन् ।

बुधबार काँग्रेस नगरकमिटी र ४ ख प्रदेश क्षेत्र कमितिको संयूक्त बैठकले गठबन्धन नमान्ने निर्णय नै गरेको नगर अध्यक्ष छविलाल शर्माले बताए । माओवादीलाई प्रमुख पद दिएर सहमती गर्न नसकिने उनले बताए ।

काँग्रेसभित्र नगरसभापति छविलाल शर्मा, संविधानसभा सदस्य शोभाकर पराजुली, पूर्व नगरसभापति श्यामबाबु गुप्ता, प्रदेश ४ ख सभापति सुमन भट्टराई, नेताहरु कृष्णवर्त सिंह, नारायणी रायमाझी (निरु), ओमकृष्ण कार्की, कपिलदेव यादवले मेयरमा आकंक्षा देखाएका छन् ।

टिकट पाउँदा पूर्व सभापति श्यामबाबु गुप्ताले चुनाव जित्ने आँकलन भरहेको छ । यूवाहरुका विच लोकप्रिय र सामाजिक छवी बनाएका गुप्ताले आफुले टिकट पाए सहजै चुनाव जित्ने अवस्था बन्ने कार्यकर्ताको भनाइ छ ।

यस्तै नेकपा एमालेमा पनि उपमहानगरपालिकाको प्रमुखमा आकंक्षा राख्नेहरुको संख्या उस्तै छ । नारायण क्षेत्री, हाल पालिका उपप्रमुख रहेकी सरस्वती चौधरी, पूर्व एमाले जिल्ला अध्यक्ष देवनाराण चौधरी, मनोज पौडेलको नाम विशेष चर्चामा छ ।

त्यस्तै एमाले वृद्धिजीवी संगठनका अध्यक्ष राधेश्याम शिवाकोटी, सचिव अनिल मैनाली, सिमरा खानेपानीका अध्यक्ष काँसिम मिया र एमाले नगर अध्यक्ष भोला अधिकारीले समेत नगरप्रमुखको टिकटका लागि आकंक्षा देखाएका छन् ।

माओवादीमा पनि आधादर्ज नेताहरुले आकंक्षा देखाएको एक नेताले बताएका छन् । संविधानसभा सदस्य जयराम दाहाल, जिल्ला संयोजक अनिल श्रेष्ठ, मधेश प्रदेश कमिति सदस्य राजन पौडेल, किसान संगठनका जिल्ला अध्यक्ष प्रेम बराल, महिला नेतृहरु गीता कँडेल, शिला खनाल लगायतको नाम चर्चामा छ ।

अघिल्लो स्थानिय निर्वाचनमा मेयर पदमा पराजय भएका पौडेललाई नै यसपटक पनि मेयरको उमेदवार बनाउने सम्भावना रहेको नेताले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय