बारा । आगामी ३० गते हुने स्थानिय तह निर्वाचनका लागि उमेदवारको मनोनय दर्ता गर्ने दिन नजिकिएसँगै राजनितिक दलहरुलाई बारा जिल्लाका विभिन्न स्थानीय तहमा उमेदवार टुङ्गो लगाउन हम्मे परेको छ । आकंक्षीको संख्या धेरै हुँदा मुख्य राजनैतिक दलहरुलाई उम्मेदवार टुङ्ग्याउन समस्या देखिएको हो ।

यसैबीच बाराको निजगढ नगरपालिकामा दलहरुको सर्गर्मी बढेको पाईएको छ ।

नेकपा एमाले निजगढ नगर कमिटीले वडा अध्यक्ष र सदस्यहरुको नाम सिफारिस गर्न आज बैठक आह्वान गरेको छ । एमालेले नगरका १३ वटै वडामा आज बिहान ११ बजेको लागि एकैपटक बैठक आयोजना गरेर नाम सिफारिसको तयारी गरेको हो ।

वडाबाट सिफारिस भइ आएका नामको अन्तिम टुङ्गो भने जिल्ला कमिटीले लगाउने प्रवधान रहेको छ । अध्यक्षको सिफारिस गर्ने कार्य सकिएपछि निजगढ एमालेले नगरको मेयर र उपमेयरको नाम सिफारिस गर्ने तयारी गरेको छ ।

स्रोतका अनुसार निजगढ एमालेमा मधेस प्रदेश कमिटीका सदस्य एकबहादुर श्रेष्ठ, अम्बिका चौलागाई, सुदर्शन कोइराला र नगर कमिटी अध्यक्ष सुरथ पुरी नगर प्रमुखको आकाक्षी रहेका छन । यस्तै उपप्रमुखमा लिलादेबी लामिछाने र दर्गा कोइरालाको चर्चा छ ।

त्यसैगरी नेपाली कांग्रेशले भने वडा तहबाट वडा अध्यक्षसहित प्रमुख र उपप्रमुखको नाम सिफारिस गर्ने कार्य सुरु गरेको छ । नगर प्रमुखको लागि अधिकांश वडाबाट सुरेश खनाल, पेमासिद्धी लामा र महेशी कुवरको नाम सिफारिसमा परेको छ ।

त्यस्तै सत्तारुढ ५ दलिय गठबन्धनमा रहेका कांग्रेश बाहेकको नेकपा माओवादी, जसपा र नेकपा एकिकृत समाजवादीले भने छुट्टै बैठक गरेर आगामी निर्वाचनमा एकतावद्ध भएर जाने सहमति गरेका छन ।

५ दलीय गठबन्धनको मोडालिटी बारे छलफल गर्न कांग्रेशले चासो नदेखाएपछि गठबन्धनभित्रको कांग्रेश बाहेकका ३ दलले छुट्टै रणनिति बनाउन लागेका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय