राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख पार्टीका कारण देश बेरोजगार उत्पादन गर्ने कारखाना भएको बताएका छन्।
बाराको निजगढमा आयोजित राप्रपाको विशेष सम्बोधन कार्यक्रममा उनले २०४६ पछि देश पूर्ण रूपले बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत भएको बताए।

राप्रपा अध्यक्ष लिङ्देनले गणतन्त्र पक्षधर राजनीतिक दलहरूले लोकतन्त्रको नामा लुटतन्त्र मच्चाएको आरोप लगाएका छन् । गणतन्त्र आएको १३ वर्ष भइसक्दा पनि युवाहरूलाई रोजगारी प्रदान गर्ने एउटा पनि काम गर्न नसकेको उनको भनाइ छ ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने, ‘दलहरूको अक्षमताका कारण ५५ लाख युवा वैदेशिक रोजगारमा देशबाहिर छन् । गणतन्त्रवादी दलहरूले देशलाई बेरोजगार युवा उत्पादन गर्ने कारखानामा परिणत गरिदिएका छन्,’ उनले भने, ‘हामी स्वाभिमानी नेपाली बेरोजगार भएर अरेबियनहरूको नोकर बन्न बाध्य भइरहेका छौँ ।’ उनले विगतमा राजाले भन्दा अहिलेका राष्ट्रपति र दलहरूले देशको स्रोत दोहन गरेको भन्दै राजतन्त्रभन्दा गणतन्त्र खर्चिलो भएको जिकिर गरे ।

कार्यक्रममा राप्रपाका उपाध्यक्ष ध्रुबबहादुर प्रधान लगायतले सम्बोधन गरेका थिए भने केन्द्रीय सदस्य रेखा थापाको समेत उपस्ठित रहेकी थिइन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय